काठमाडौँ- यातायात कार्यालयहरूको सर्भर चल्न थालेपछि भिड बढेको छ।
झन्डै दुई दिन सर्भर डाउन भएपछि रोकिएको काम सुरू भए पछि यातायात कार्यालयमा सेवाग्राहीहरुको बाक्लो भीड लागेको हो।
ठूलोभर्याङ यातायात कार्यालयमा बिहानैदेखि सेवाग्राहीको लाम लागेको छ।
दुई दिनदेखि विभागको सवारी चालक अनुमतिपत्रको सेवा प्रवाहसम्बन्धी विद्युतीय प्रणालीमा समस्या आएको थियो।
केन्द्रीय सर्भर डाउन भएसँगै देशभरका यातायात कार्यालयहरुको काम प्रभावित बनेको थियो।
सर्भरमा समस्या आएपछि सेवाग्राही मर्कामा परेका थिए। बायोमेट्रिक दर्ता, लाइसेन्स नवीकरण, राजस्व दाखिलालगायतका काम ठप्प भएका थिए।
बिहान बेलुका स्लो चल्ने तर दिउँसो लोड बढ्नासाथ सिस्टमले कामै नगर्ने समस्या देशभरका यातायात कार्यालयमा देखिएको छ।
यातायात कार्यालय अन्तर्गतको सम्पूर्ण डाटा तथा अनलाइन सिस्टम आन्तरिक रूपमा नै विभागले ह्यान्डिल गर्दै आएको छ।


