काठमाडौँ- सौर्य एयरको जहाज दुर्घटनामा मृत्यु भएका व्यक्तिहरूका आफन्त त्रिवि शिक्षण अस्पताल पुगेका छन्।
मृतक १८ जनाको पोस्टमार्टम गर्नका लागि शिक्षण अस्पतालमा पुर्याइएकाले आफन्तहरू जम्मा भएका हुन्।
अस्पताल स्रोतले भने सबै जनाको पोस्टमार्टमका प्रक्रिया पूरा गर्न तीन दिन लाग्ने जानकारी दिएको छ।
दुर्घटनामा परेका पाइलट मनिष शाक्यको केएमसी अस्पतालमा उपचार भइरहेको छ।
शिक्षण अस्पताल पुगेका आफन्त भावविह्वल छन्।


