काठमाडौँ- सरकारले सूचना प्रविधिसम्बन्धि अध्ययनक गर्न चाहने विद्यार्थीलाई कर्जा उपलब्ध गराउने भएको छ।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश भएका उक्त कार्यक्रमलाई सहयोग गर्न नेपाल राष्ट्र बैंकले यस्तो नीति लिइने बताएको हो।
युवा उद्यमशीलता प्रवर्द्धन गर्न पनि कर्जा सहज गरिनेजस्ता राष्ट्र बैंकको भनाइ छ।
शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले चिकित्सा, इन्जिनियरिङ, सूचना प्रविधि, एकाउन्टिङ जस्ता व्यहारिक शिक्षा आर्जन गर्नका लागि ऋण उपलब्ध गराउन राष्ट्र बैंकले आवश्यक सहजीकरण गर्ने बताए।
बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई नवप्रवर्तनमा प्रवाहका लागि प्रोत्साहन गरिने गभर्नर अधिकारीले प्रतिबद्धता व्यक्त गरे।
‘युवामा उद्यमशीलता प्रवर्द्धन गर्न कर्जाको सहज र सरल पहुँच पुर्याउन सकजीकरण गरिनेछ,’ उनले भने।


