काठमाडौँ- नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनका पूर्वकोषाध्यक्षसमेत रहेका पोल्ट्री व्यवसायी शंकर कँडेलको मृत्युबारे अनुसन्धान गर्न प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चार्टर्ड एकाउन्टेन्ट जीवन रावल छन्। अनमोल फिड्स प्रालिका चार्टर्ड एकाउन्टेन्ट रावललाई बाराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी विजय पण्डितले जानकारी दिए।
बझाङको छबिसपाथिभेरा गाउँपालिकाबासी रावललाई कँडेलले चितवनमै घर बनाएर राखिदिएका थिए। चार्टर्ड एकाउन्टेन्ट जीवन रावलले आत्महत्या दुरुत्साहन गरेको भन्दै प्रहरीमा किटानी जाहेरी परेको छ।
केही महिनाअघि कँडेलले आफ्नो नेतृत्वको अनमोल फिड्स प्रालिको शेयर रुङ्टालाई बेचेका थिए। शेयर बिक्रीपछि आन्तरिक हिसाब मिलानका क्रममा रुङ्टा र रावलले मानसिक दबाब दिएको घटनास्थलमा भेटिएको सुसाइड नोटमा लेखिएको प्रहरीले जानकारी दिएको छ।
कांग्रेस नेता कँडेल मृत्यु प्रकरण : दुई जनाविरुद्ध किटानी जाहेरी


