काठमाडौँ- पछिल्लो एक सातामा नै ताप्लेजुङमा दुई भूकम्प गएको मापन गरिएको छ।
आइतबार दिउँसो र साउन १३ गते ताप्लेजुङलाई केन्द्रबिन्दु बनाएर भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको हो।
आइतबार दिउँसो ४ः०४ बजे आँखोप आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो।
आइतबारको ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जानकारी दिएको हो।
साउन १३ गते ताप्लेजुङकै खेजेनिम आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो।


