काठमाडौँ- नेवारी समुदायका बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने एकमहिने गुँला पर्व सुरु भएको छ।
नेपाल संवतअनुसार गुँलाथ्व पारु (साउन शुक्ल प्रतिपदा)देखि ञलाथ्व पारुसम्म मनाइने यो वर्ष सोमबार सुरु भएको हो।
एकमहिना मनाइने गुँलापर्वका अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ।
राँगाको सिङबाट बनाइएको ‘न्याकुँ’ बाजा बजाइन्छ। दाफा, धाः, बाँसुरी, धिम, भुस्यालगायत नौ बाजा बजाउने प्रचलन छ।
नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौं र ‘ला’ को अर्थ महिना हो। यसरी ‘गुँला’को अर्थ नवौं महिना भन्ने बुझिन्छ।


