काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) मा शनिबार राति दिल्ली क्यापिटलले सात विकेटको जित निकालेको छ। आईपिएल अन्तर्गत गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई हराएको हो।
दिल्लीस्थित अरुण जेट्ली रंगशालामा सम्पन्न खेलमा बेङ्ग्लोरले दिल्लीमाथि ७ विकेटको सहज जित निकाल्दा ८७ रन बनाएरका फिल सल्ट म्यान अफ दि म्याच बने।
टस जितेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८१ रन बनाएको थियो। जवाफमा २० बल बाँकी रहँदै दिल्लीले निर्धारित १८२ रनको लक्ष्य पुरा गरेको हो।
पहिलो पारीमा पहिलो विकेटका लागि ८२ रनको साझेदारी गरेको बेङ्ग्लोरका लागि कोहलीले सर्वाधिक ५५ रन बनाउँदा फाफ डुप्लिसिसले ४५ रन बनाए। त्यस्तै महिपाल लोमरले अविजित ५५ रनको योगदान दिएका थिए। बलिङतर्फ दिल्लीका मिचेल मार्सले २ विकेटका साथै खलील अहमेद र मुकेश कुमारले समान १ विकेट गिराए।
जवाफमा दिल्लीले १६ ओभर बलमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। दिल्लीका लागि साल्टले सर्वाधिक ८७ र मिचेल मार्सले २६ तथा डेभिड वार्नरले २२ रन बनाए। बलिङतर्फ बेङ्ग्लोरका जोस हेजलवुड, कर्ण शर्मा र हर्षल पटेलले समान १ विकेट लिए।
जितसँगै १० खेलबाट ८ अंक जोडेको दिल्ली अंकतालिकाको ९ औँ स्थानमा छ। बेङ्ग्लोर समान खेलबाट १० अंक जोडेर तालिकाको पाँचौँ स्थानमा छ।


