काठमाडौँ- काठमाडौँ महानगरपालिकाको कार्यालय नजिकै सडक भ्वाङ परेको छ।
टुकुचा खोलामाथि बनाइएको सडक भासिँदा रातिदेखि आवागमन पनि रोकिएको छ।
काठमाडौं महानगरको कार्यालय- काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक भासिएको हो।
दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने सडक भासिएको हो।
प्रहरीले घेरा हालेर राखेको छ भने हिजो रातिदेखि सवारी चलाउन रोक लगाइएको छ।
उक्त भ्वाङमा फसेर एक जना प्रहरी निरीक्षक घाइते भएका छन्। दरबारमार्गमा कार्यरत इन्स्पेक्टर भूपेन्द्र बुढाथोकी सडकको निरीक्षणमा जाँदा भ्वाङमा फसेकोका थिए।
बूढाथोकीको निधार र हातमा चोट लागेको छ। उनलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो। उनी डिस्चार्ज भइसकेका छन्।
तस्बिर : नेपाल फोटो लाइब्रेरी


