काठमाडौँ- नेपाल समूह विजेता बन्दै साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनल पुगेको छ।
एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा नेपालले बंगलादेशलाई २-१ गोलले हरायो।
नेपालको जितमा निराजन धामी र समिर तामाङले गोल गरेका थिए।
उनीहरुले २ मिनेटमा अन्तरमा गोल गरेपछि खेलको सुरुवातमै नेपाल २-० गोलले अगाडि बढेको थियो।
बंगलादेशले गोल फर्काएपनि पुनरागमन गर्न सकेन।
नेपालले पहिलो खेलमा श्रीलंकालाई हराएको थियो।


