२०८३ कार्तिक १४ गते शुक्रबार

बाढीबाट जोखिममा पशुचौपाया

 |  रासस
Sanket

रासस

काठमाडौँ, भदौ ८
ktm valley badhi (11)
सांकेतिक तस्बिर

कैलाली– भजनीका सूर्यप्रसाद चौधरीलाई अहिले आफ्नोभन्दा बढी चिन्ता पशुचौपायाको छ।

एक हलगोरु, दुई वटा भैँसी पाल्नुभएका सूर्यप्रसादलाई बाढीमा आफ्नो ज्यान जेनतेन चलाउनसके पनि चौपायाको आहारा खोज्न र सुक्खा ठाउँमा राख्न निकै समस्या छ। ‘घरमा भएको पराल डुबानमा पर्‍यो। कतै ओभानो नभएपछि गोरु भैँसीलाई हुलाकी सडक छेउमा राखेका छौँ’, उनी भन्छन्। ‘जताततै डुबान छ। चौपायालाई खुवाउन घाँस छैन। चरनका लागि ओभानो ठाउँ छैन।’

वर्षात्को समयमा भजनीका अधिकांश क्षेत्र डुबानमा पर्ने गरेका छन्। यस वर्ष अहिलेको डुबान दोस्रोपटकको  हो। यसअघि गत असार २० गते आएको एक पटक भजनी विस्थापित भइसकेको थियो।

डुबानका कारण महिनौँसम्म त्यस क्षेत्रका नागरिक  त्रासमा जनजीवन बिताउँदै आएका हुन्छन्। डुबान नहुने उच्च क्षेत्रको खोजीमा हुने बाढीपीडित पशुचौपाया र बालबालिकालाई सुरक्षामा बढी चिन्तित हुने गर्छन्।

‘कतिबेला डुबान हुन्छ पत्तै हुँदैन। यहाँ घाम लागेका बेला पनि बाढी आएको थुप्रै उदाहरण छन्’, स्थानीय जुगराम चौधरी भन्छन्, ‘आफू त जसोतसो ज्यान जोगाउन विकल्प खोज्न सक्छौँ तर बालबालिका र चौपायालाई व्यवस्थापन गर्न निकै तनाव हुन्छ।’

भजनीकै सागर चौधरीले यस वर्ष डुबानबाट समस्या नहुने गरी उच्च स्थानमा घर निर्माण  गरे। नगरपालिकाको आर्थिक सहयोगमा थप जनश्रमदान गरेर निर्माण भएको घर उच्च बन्यो तर जाने बाटो नहुँदा घर बनाएको कुनै अर्थ नभएको उनको भनाइ छ।

‘अहिलेसम्म बाढीले घर डुबानमा नपरे पनि घरसम्म जाने बाटो नहुँदा ट्युबको सहारामा घर जानुपर्ने बाध्यता बन्यो,’ उनले भने, ‘घर वरिपरि डुबान हुँदा समस्या भएको छ।’

सोही ठाउँका चुल्लुरामले चौधरीले एक दर्जन बाख्रा, भैँसी र एकहल गोरु पालेका छन्। उनलाई पनि बाढीमा पशुचौपाया जोगाउनकै चिन्ता छ। हुलाकी सडकमा आश्रय लिइरहनुभएका उहाँले चौपाया पनि हुलाकी सडकमा सारेका छन्।

‘घरमा भएको चौपायाको आहारा सबै डुबानमा छ। कताबाट के ल्याएर चौपायाको पेट भर्ने भन्ने चिन्ता छ,’ उनले भने, ‘आफू चाउचाउ, चिउरा खाएर पनि दिन काट्न सकिने भए पनि चौपायालाई देखेर निकै पीडा हुन्छ।’ गोरु नभए खेती लगाउन र केही सामानको ढुवानी गर्न समस्या हुने गरेको बताउने चुल्लुराम बर्सेनिको पीडाले आजित बनाएको बताउँछन्।

पशुचौपाया अनि बालबालिकासँगै त्यस क्षेत्रको अर्को महत्वपूर्ण समस्या पिउने पानीको पनि छ। बाढी र डुबानले जमिन सतह जलमग्न हुँदा पिउने पानीको व्यवस्थापन गर्न समस्या हुने गरेको स्थानीय पर्देशु चौधरी बताउँछन्।  प्यास मेटाउन फोहर पानी पिउनुपर्ने बाध्यतामा बाढीपीडित रहेको उनको भनाइ छ।

प्रकाशित: २०८१ भदौ ८ गते शनिवार १०:०३
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...

प्रधानमन्त्री विपद् कोषमा कति रकम आयो? कति खर्च भयो? समितिले खोज्यो हिसाब

काठमाडौँ: भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम, प्रभावित वडा र पालिकामा भएको खर्चको विस्तृत...

अर्नब चक्रावत: नारायणगढ–मुग्लिनसहित प्रमुख राजमार्गमा पहिरोको जोखिम

अत्यावश्यकबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न र गर्नैपरे ट्राफिक वा सडक कार्यालयबाट सूचना लिएरमात्र यात्रा गर्न अपिल गरिएको छ।

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना