काठमाडौँ- नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरू भएको छ। अर्पण बैंक्वेटमा सुरु भएको केन्द्रीय कमिटी बैठकको मुख्य एजेण्डा पदाधिकारी चयन छ।
बैठकले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित रिक्त रहेका १८ पदाधिकारी चयन गर्ने बताइएको छ।
केन्द्रीय सदस्यहरूको मतदानबाट पदाधिकारी चयन गर्नुपर्ने भन्दै पार्टीमा दबाब दिइरहेका छन्।
पार्टीमा ३४४ सदस्यीय केन्द्रीय रहेकामा २५१ केन्द्रीय सदस्यको शपथ ग्रहण गराइएको छ।


