२०८३ कार्तिक १४ गते शुक्रबार

रुपाताल किनारमा २४ करोड लागतमा बन्यो पक्की सडक

 |  रासस
Sanket

रासस

काठमाडौँ, भदौ १४
rupatal

कास्की– जिल्लाको तेस्रो ठूलो रुपातालको किनार हुँदै सात किलोमिटर आठ सय मिटर पक्की सडक निर्माण गरिएको छ। रुपातालको किनार हुँदै अस्फाल्ट प्रविधिबाट पक्की सडक निर्माण गरिएको हो।

तालको किनारैकिनार बनेको सडकले तालमा पर्यटक आगमन वृद्धि भएको बताइन्छ।

साविकको रूपाताल एकीकृत संरक्षण परियोजनाले रु २४ करोड ३५ लाख लागतमा रुपा गाउँपालिकाको खोला छेउबाट तालबेँसीसम्म तालको देब्रे किनारमा सडक निर्माणका लागि २०७८ साल असार २३ गते डुकुचु कन्स्ट्रक्सन प्रालि काठमाडौँसँग ठेक्का सम्झौता गरेको थियो।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका इन्जिनियर नरजङ्ग गुरुङले सम्झौताअनुसार सडक निर्माणको सम्पूर्ण काम सकिएको जानकारी दिए। उनका अनुसार नालाबाहेक साढे पाँच मिटर फराकिलो सडक निर्माण भएको छ। ‘सम्झौताको मितिले ३० महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने भए पनि सुरुमा बजेट अभावमा काममा ढिलाइ भएको थियो। अहिले सम्झौताअनुसारको सबै काम सम्पन्न भएर निर्माण कम्पनीलाई अन्तिम बिल भुक्तानीसमेत गरिसकेका छौँ,’ उनले भने।

सम्झौताअनुसार अन्तिम बिल भुक्तानीको १३ महिनाभित्रमा सडकका कुनै संरचनामा क्षति पुगेमा निर्माण कम्पनीले नै बनाउनुपर्ने उल्लेख छ। विसं २०५९ मा सो सडकको ट्रयाक खोलिएको हो। रुपाताल पुनःस्थापना तथा मत्स्य सहकारीले आफ्नै लगानीमा सडक निर्माण सुरु गरेको थियो।

सडक निर्माणसँगै स्थानीयवासीलाई सहज भएको छ। बेगनास तालबाट सुन्दरीडाँडा, तालबेँसी हुँदै लमजुङको भोर्लेटार जाने हालको सडक साँघुरो र जीर्ण भएको अवस्थामा रुपातालको किनार हुँदै बनेको यो सडक वैकिल्पक सडकका रुपमा प्रयोगमा आइसकेको स्थानीयवासी विश्वराज पौडेलले बताए।

रुपा गाउँपालिकाका थुम्की, तालबेँसी, हंशपुर तथा सौरवासलगायत क्षेत्रका स्थानीयवासीलाई समेत सडक निर्माणले सहज भएको छ। ‘सडक निर्माणले हामीलाई धेरै सजिलो बनाएको छ। यसबाट तालको महत्व बढ्ने र पर्यटक आगमन वृद्धि भएको छ’, पौडेलले भने।

रुपाताल विश्व रामसार सूचीमा सूचीकृत छ। साविकको लेखनाथ नगरपालिका–१०, ११ र १४ का केही भाग तालले छोएको छ।

प्रकाशित: २०८१ भदौ १४ गते शुक्रबार ०७:२७
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

आईपीओ निष्कासन मागेका ११७ कम्पनीको वर्गीकरण सकियो, स्वीकृति कहिले?

कात्तिक ११ गतेसम्मको विवरणअनुसार ती कम्पनीले ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

वैदेशिक लगानी प्रतिबद्धता ५४ प्रतिशत घट्यो, १६ अर्ब २३ करोड मात्र

काठमाडौँः चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ५४ प्रतिशत घटेको छ। उद्योग विभागका अनुसार साउनदेखि असोजसम्म १६ अर्ब २३ करोड रुपैयाँ...

फूल व्यवसाय बढ्दो, वार्षिक ४ अर्बको कारोबार

काठमाडौं। नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार आर्थिक वर्ष २०८०/०८१ मा १६.६१ प्रतिशत वृद्धि भई ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना