लिभरपुलले इङ्लिस प्रिमियर लिगमा लगातार तेस्रो जित दर्ता गरेको छ। आइतबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेडमाथि सहज जित निकाल्दै लिभरपुलले ३–० को फराकिलो जित निकालेको हो।
लिभरपुलको जितमा लुइस डियाजले २ तथा मोहम्मद सलाहले १ गोल गरे।
पहिलो हाफको ३५ औँ मिनेटमा डियाजले पहिलो गोल गरेका थिए।पहिलो हाफको ४२ औँ मिनेटमा डियाजले व्यक्तीगत दोस्रो गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे। डियाजको दुबै गोलमा सलाह सहायक बने।
खेलको ५६ औँ मिनेटमा सलाहको गोलमा लिभरपुल ३–० को अवस्थामा आयो।


