२०८३ कार्तिक १४ गते शुक्रबार

मन लोभ्याउने झरनाहरू देखिन्छन् बेनी-जोमसोम यात्रामा

 |  रासस
Sanket

रासस

काठमाडौँ, भदौ १७
Beni-Jomsome-jharana-2

काठमाडौं- सडक मार्ग भएर मुस्ताङ भ्रमणमा जाने पर्यटकले म्याग्दी खण्डमा कच्ची र अप्ठ्यारो सडक छिचोल्नुपर्छ। म्याग्दीको बेनीदेखि मुस्ताङको घाँसा नपुग्दासम्म करिब ४५ किलोमिटर सडक पूर्णरुपमा स्तरोन्नति भइसकेको छैन।

चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत स्तरोन्नतिको चरणमा रहेको सडकको म्याग्दी खण्डको यात्रा मुस्ताङको तुलनामा असहज छ।

कालीगण्डकी नदीको किनारै किनार मुस्ताङ उक्लिने बेनी–जोमसोम सडक छेउछाउका मनमोहक झरनाहरुले यात्राको दुःख, कष्ट भुलाइदिने गरेको यात्रुहरु बताउँछन् । ‘गाडीबाटै देखिने झरनाहरु बेनी–जोमसोम सडकका गहना हुन्’, मुस्ताङ घुमेर फर्किएका बेनीका विनोद खत्रीले भने, ‘झरनाहरुको सौन्दर्यले यात्राको दुःख, कष्ट र पीडा भुलाएर उत्साह र उमङ्ग ल्याउँछ।’

बेनीदेखि पाँच किलोमिटर उत्तरमा पर्वतको बाँसखर्कबाट झर्ने बाउसे झरना छ । बाउसे झरनादेखि एक किलोमिटर माथि म्याग्दी र पर्वतको सिमाना भएर बग्ने पुम्दी खोलाको छहरा देखिन्छ

अन्नपूर्ण गाउँपालिका–७ स्थित महभिर झरनाले पर्यटक लोभ्याउने गर्छ । पूर्वाधार निर्माण गरेसँगै बेनी–जोमसोम सडक भएर मुस्ताङ जाने आउने पर्यटक महभिर झरनामा भुल्ने गर्छन्

पहिले सुनसान हुने महभिर झरनामा भीडभाड हुन थालेको स्थानीयवासी कृष्ण पुनले बताए

पहाडको फेदीमा करिब एक सय मिटर माथिबाट खस्ने झरना निकै आकर्षक र मनमोहक छ।

झरना परिसरमा पुग्दा गर्मी याममा शितल हुन्छ। गर्मी छल्न पनि महभिर झरना उपयुक्त गन्तव्य हो।

झरनाको फेदीमा बनाइएको पोखरीमा पौडी खेल्न र माछा मार्न सकिन्छ। झरनाको सौन्दर्यमा रमाउँदा समय बितेको पत्तै नहुने बेनीका किरन कार्कीको अनुभव छ।अन्नपूर्ण गाउँपालिकाले झरनाको फेदीमा ग्याबीन पर्खाल लगाएर पोखरी र भिरालो पाखा सम्याएर दृश्यावलोकन स्थल बनाएको छ।

सडकदेखि झरनाको फेदसम्म पदमार्ग र नजिकै सार्वजनिक शौचालय निर्माण भएका छन् । बेनी जोमसोम सडकको ५० मिटर नजिकमा झरना भेटिन्छन्। सडकमा गाडी रोकेर पर्यटकले झरना अवलोकन गर्ने गरेका छन्।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ लेकगाउँबाट बेँशी गाउँमा झर्ने नारच्याङ झरना बेनी–जोमसोम सडकको अर्को आकर्षण हो ।

सडकको नागढुङ्गादेखि दुई किलोमिटर गाडी र १५ मिनेट उकालो हिँडेपछि पुगिने नारच्याङ झरना सडकबाटै यात्राका क्रममा अवलोकन गर्न सकिन्छ। बाह्रै महिना उस्तै देखिने नारच्याङ झरनामा साँझ सूर्य अस्ताउँदा देखिने इन्द्रेणी मनमोहक देखिन्छ।

अन्नपूर्ण गाउँपालिका–३ दानास्थित बेनी–जोमसोम सडकको छेउमै रहेको रुप्से यस सडकमा यात्रा गर्ने पर्यटकको प्रमुख आकर्षण हो।

अन्नपूर्ण तथा धौलागिरि हिमालको फन्को मारेर फर्केका पदयात्री तथा मुस्ताङ जाने यात्रुले सवारी साधन रोकेर यस छहारामा आराम गर्छन्।

कालीगण्डकी नदीको कटानले बनाएको धौलागिरि र अन्नपूर्ण हिमश्रृङ्खला बीचको छ हजार नौ सय ६७ मिटर गहिरो खोचलाई संसारकै गहिरो गल्छी ‘अन्धगल्छी’ मानिन्छ। त्यही अन्धगल्छीमा अवस्थित रुप्से झरनामा मोहित बन्ने कवि÷कलाकारले सयौँ कविता र चित्र कोरेका छन्।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले रुप्से झरनामा पूूर्वाधार निर्माण गर्न ठेक्का सम्झौता भइसकेको र अन्य झरनालाई पनि व्यवस्थित बनाउन पहल गरिरहेको जानकारी दिए।

रुप्सेमा पर्यटन पूर्वाधार निर्माण गर्न रु तीन करोड ६५ लाख बराबरको लागत अनुमान गरिएकामा तीन करोड २३ लाख ५५ हजार तीन सय ६९ मा सुन्दर निर्माण सेवा कास्कीसँग ठेक्का सम्झौता भएको छ।

गत जेठ ३० गते भएको ठेक्काको म्याद विसं २०८२ पुष २५ गते सम्म छ।

रुप्से झरनामा टिकट काउन्टर, शौचालय, झरनामा फलामको रेलिङ, भ-याङ, पदमार्ग र खाजाघर लगायतका पूर्वाधार निर्माण गरिने गाउँपालिकाका सब–इञ्जिनियर बालकृष्ण पौडेलले जानकारी दिए।

रुप्से झरनादेखि माथि रहेको बाजा बजाउने ढुङ्गामा पार्क, गोलघर र भ्यूप्वाइन्टसमेत निर्माण गरिने जनाइएको छ।

प्रकाशित: २०८१ भदौ १७ गते सोमबार ०८:१३
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

आईपीओ निष्कासन मागेका ११७ कम्पनीको वर्गीकरण सकियो, स्वीकृति कहिले?

कात्तिक ११ गतेसम्मको विवरणअनुसार ती कम्पनीले ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

वैदेशिक लगानी प्रतिबद्धता ५४ प्रतिशत घट्यो, १६ अर्ब २३ करोड मात्र

काठमाडौँः चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ५४ प्रतिशत घटेको छ। उद्योग विभागका अनुसार साउनदेखि असोजसम्म १६ अर्ब २३ करोड रुपैयाँ...

फूल व्यवसाय बढ्दो, वार्षिक ४ अर्बको कारोबार

काठमाडौं। नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार आर्थिक वर्ष २०८०/०८१ मा १६.६१ प्रतिशत वृद्धि भई ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना