२०८३ कार्तिक १४ गते शुक्रबार

मिथिलाञ्चलमा चौरचनको रौनक

 |  रासस
Sanket

रासस

काठमाडौँ, भदौ २१
chaurachan 1

धनुषा– जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा अहिले चौरचन पर्वको रौनक देखिएको छ।

मिथिलाको महत्त्वपूर्ण पर्वका रुपमा रहेको चौरचन पर्व मनाउन बजारमा किनमेल गर्नेहरूको अहिले बिहानदेखि नै अत्यधिक भीड छ। व्रती तथा तिनका परिवार पर्वको तयारीमा जुटेका छन्।

जनकपुरधामको पेठिया बजार, जानकी चोक, राममन्दिर तथा बाह्रबिघा रङ्गभूमि मैदान क्षेत्रमा किनमेल गर्नेको भीड देखिएको थियो। यसका साथै ग्रामीण क्षेत्रका बजारहरूमा पनि किनमेल गर्नेको अत्यधिक भीड देखिएको थियो।

चौरचनमा प्रयोग हुने माटाको भाँडावर्तन एक साता अगाडि नै किनेका भए पनि फलफूल तथा अन्य पूजाका सामग्री आजसम्म किनमेल गरिने भएकाले बजारमा भीड बढेको हो।

मिथिलाका ठूला पर्वमध्ये एक रहेको चौरचन पर्वमा चन्द्रमालाई पूजा गर्ने परम्परा छ। मिथिलामा सूर्यको मात्र होइन, मानवसहित सम्पूर्ण जगत्लाई शीतलता दिने चन्द्रमाको पनि पूजा गर्ने चलन रहेको छ।

यो पर्व भदौ महिनाको शुक्लपक्ष चौथी तिथिका दिन मनाइन्छ । मधेसी समुदायले यसलाई छठपछिको दोस्रो ठूलो पर्वका रूपमा मनाउने गर्दछन्।

चौरचन पर्वका दिन व्रत बस्ने चलन छ। यस पर्वको माध्यमबाट मैथिल कला, संस्कृतिको उजागर हुने प्राज्ञ तथा वरिष्ठ पत्रकार रामभरोस कापडी बताउँछन्। ‘खासगरी आँगनमा पूजा हुने भएकाले चामलको पिठोको कलात्मक अरिपन बनाई, त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ। सो क्रममा नयाँ माटोको भाँडाको दही, केरा, मिठाई, फलफूलका साथै विभिन्न प्रकारका पकवान राखेर विभिन्न देवीदेवतालाई चढाइने गरिन्छ’, कापडीले भने।

पूजामा विशेष परिकार बनाउने चलन रहेको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका गीतादेवी साह बताउनुहुन्छ । प्रसादका रूपमा पिरकिया, खजुरी, खाजा, पुरी र खिर घरघरमा बनाउने चलन छ । फलफूलका अतिरिक्त दहीले पनि गणेश र चन्द्रमाको पूजा गरिन्छ।

चौथीको दिन चन्द्रदेवलाई खाली हात दर्शन गर्न नहुने मान्यताअनुसार चौरचन पर्व मान्ने परिवारजनले हातमा केरा, स्याउ, अम्बा, अनार, काँक्रो, घरमा तयार पारेको पकवान, मिठाई, गाँजरजस्ता सामग्री लिएर दर्शन गर्ने परम्परा छ। दिनमा प्रसाद बनाउने र बेलुका पूजा गर्ने गरिन्छ।

पण्डित इन्द्रकान्त झा शास्त्रीका अनुसार यो पर्वको प्रारम्भ मिथिला नरेश हेमाङ्ग ठाकुरद्वारा भएको मानिन्छ। ठाकुर आफँै ज्योतिष हुनुहुन्थ्यो। उनलाई यो तिथिमा शुभफल प्राप्त भएकाले यस पर्वको सुरुआत गरेको मान्यता छ।

मैथिल समाजका धेरैजसो परिवारमा यो व्रत गर्ने भाकल गरिएको हुन्छ। परिवारमा कसैलाई कुनै कष्ट भएका बेला यो पर्व गर्ने भाकल गरेर कष्ट निवारणका लागि चन्द्रमालाई बिन्ती गरिन्छ। यस्तो भाकल पाँच–दश वर्षका लागि पनि गरिन्छ भने कतिपय अवस्थामा यो आजीवन हुने गर्दछ।

जनकपुरधाम उपमहानगरपालिका–४ की ज्योतिदेवी झा झण्डै एक दशकदेखि यो व्रत बस्दै आएकी छन्। उनका अनुसार चतुर्थीका दिन दिनभर उपवास बसी नैवेद्य लागि पकवान पकाइन्छ। साँझ भएपछि चन्द्रमाको विशेष विधिपूर्वक पूजा गरी यो पर्व सम्पन्न हुने झा बताउँछन्। मिथिलाको लोकपर्व चौरचनको बेला गणेश र चन्द्रमाको कथा सुन्ने परम्परा रहिआएको छ।

चौरचन पर्वको महत्त्व
चौरचन पर्व मिथिला क्षेत्रको पारम्परिक लोकपद्धतिमा आधारित पर्व रहेको संस्कृतिविद् डा राजेन्द्र बिमलले बताए। उनले  भने, ‘हामीकहाँ जति लोकपरम्परा छ त्यसमा कुनै प्रकारको भेदभाव हुँदैन। यसमा कुनै तामझाम हुँदैन। यसमा प्रयोग हुने विभिन्न सामग्रीजस्तै माटोको भाँडा, फलफूल, पिठोबाट बनेको परिकार, दहीलगायतका सम्पूर्ण सामग्री आफ्नै घरआँगनबाट उत्पादन भएको प्रयोग हुन्छ।’

क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका पण्डित लालबाबु झाका अनुसार चौरचन पर्वको आयोजना भाद्र शुक्ल चतुर्थी तिथिका दिन रातिमा मनाइन्छ। यो वास्तवमा चन्द्रमाको पूजा हो।

भनिन्छ यो तिथिमा चन्द्रमालाई नाङ्गो आँखाले हेर्दा कलङ्क (अपयश) लाग्ने हुनाले पूजा गरी अर्थात् खाद्यान्न, फलफूल, दही आदिको अघ्र्य दिएर चन्द्र–दर्शन गर्दा त्यो अपयशबाट बच्न सकिन्छ।

पर्वको प्रारम्भ
मिथिलाञ्चल क्षेत्रमा मनाइने विभिन्न लोक पर्वको प्रारम्भबारे प्रमाणिक तथ्य केही उपलब्ध छैन। जसरी यो समाजले आफ्नो आवश्यकता, सहुलियत आदिकै आधारमा यसलाई ग्रहण गरे। त्यो कतै अभिलेखका रूपमा पाइँदैन। यो पिँढी दरपिँढी हस्तान्तरण हुँदै आए।

तर पनि केही अवधारणा यस पर्वको प्रारम्भको पृष्ठभूमिमा छ जसलाई यसरी प्रस्तुत गरिएको छ।

मिथिलाञ्चल क्षेत्रमा डाक वचन अत्यन्त प्रमाणिक र लोक ज्योतिषशास्त्रकै ऋचाजस्तै स्वीकार गरिएका छन्। कृषि कर्मबारे उनका वचन अत्यन्त सटिक हुन्थ्यो। आज पनि मिलेको छ तर पर्यावरणीय अव्यवस्थाले गर्दा तलमाथि हुने गर्दछ।

एउटा वचन चलिआएको छ, ‘काशी कुशी चौठी चान, आब की रोपबह धान किसान’ अर्थात् चतुर्थी (शुक्ल चतुर्थी)को चन्द्रमा आकाशमा देखिसकेपछि धानको रोपाइँ गर्नु हुँदैन, गर्ने बेला गइसकेको हुन्छ । यो बोल लगभग एक सय वर्ष पूर्व डाकद्वारा व्यक्त गरिएकाले यसको व्यवहार त्यसभन्दा अगाडिदेखि नै समाजमा भएको अनुमान गर्न सकिन्छ।

चौरचनको कथा
मिथिलाञ्चल क्षेत्रमा मनाउने चौरचनको विभिन्न प्रचलित कथा रहेको सुन्दर सदनका बाबा नबल किशोर बताउँछन्। उनका अनुसार श्रीकृष्णलाई यसै दिन स्यमन्तक मणिको प्रसङ्गमा लागेको कलङ्क छुटेकाले यस पर्वको पौराणिक महत्त्व पनि स्थापित भएको छ।

त्यसैगरी श्रीमदभागवतमा पनि एउटा कथा रहेकोे छ। द्वापरमा द्वारिकापुरीमा सत्रजीत नामको एउटा गरिब यादव भगवान् सूर्यको अराधना गरी निकै उत्कृृष्ट मणि प्राप्त गरेका थिए। विधिपूर्वक पूजा गरेपछि उक्त मणिबाट प्रतिदिन २० मन सुन प्राप्त गर्थे रे यादवले। उनी छिट्टै धनाढ्य हुन पुगे।

यो खबर चारैतिर फैलियो। एक दिन राजाको दरबारमा सत्रजीत मणि गलामा धारण गरेर नै पुगेछन्। मणिको प्रभावले चारैतिर प्रकाशित भएर दरबार नै चकमक्क भयो।

श्रीकृष्णले यादवलाई मणि राजालाई दिन आग्रह गरे। तर उनले मानेनन् र बहाना बनाई घर फर्किहाले। घरमा गएपछि राजाले मणि लिने डरले भाइ प्रसेनजीतलाई मणि जिम्मा लगाई सुरक्षासाथ जङ्गल पठाए। कालक्रममा प्रसेनजीतको मृत्यु भएपछि उक्त मणि एउटा सिंहबाट जाम्बवन्त नाउँको बलशाली भालुले हात पारे।

भालुको निवास एउटा विशाल गुफामा थियो।

जब प्रसेनजीतको मृृत्यु र मणि हराएको खबर राजाकहाँ आयो तब उसको सन्देह श्रीकृष्णमाथि नै गयो। आफूमाथि लागेको कलङ्क धुन श्रीकृष्ण जङ्गल गए र निकै खोजबिन गरेपछि त्यहाँ उपलब्ध साक्ष्यहरूका आधारमा आशङ्का गर्दै त्यस गुफाभित्र प्रवेश गरे।

दश दिनभन्दा पनि बढी गुफाबाट श्रीकृष्ण बाहिर नआएपछि सँगै आएका सैनिक निराश भई राजधानी फर्के । त्यहाँ श्रीकृष्णको लागि निकै शोकलहर चल्यो।

समय बित्दै जाँदा अठ्ठाइसौँ दिन श्रीकृष्ण मणि र एक सुन्दर महिला साथ राजधानी फर्के।

वास्तवमा जामवन्त भालुसँग लडाइँ गर्दै अन्तमा उनलाई हराएर मणिका साथ उनकी छोरी जाम्ववतीलाई लिएर उनी आएका थिए। त्यो दिन भाद्र शुक्ल चतुर्थीकै दिन थियो ।

श्रीकृष्णको कलङ्क मुक्तिको त्यो दिनलाई स्मरणार्थ चन्द्रपूजाको विधान रुपान्तरित भएको विश्वास छ।

प्रकाशित: २०८१ भदौ २१ गते शुक्रबार ०६:५९
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

आईपीओ निष्कासन मागेका ११७ कम्पनीको वर्गीकरण सकियो, स्वीकृति कहिले?

कात्तिक ११ गतेसम्मको विवरणअनुसार ती कम्पनीले ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

वैदेशिक लगानी प्रतिबद्धता ५४ प्रतिशत घट्यो, १६ अर्ब २३ करोड मात्र

काठमाडौँः चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ५४ प्रतिशत घटेको छ। उद्योग विभागका अनुसार साउनदेखि असोजसम्म १६ अर्ब २३ करोड रुपैयाँ...

फूल व्यवसाय बढ्दो, वार्षिक ४ अर्बको कारोबार

काठमाडौं। नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार आर्थिक वर्ष २०८०/०८१ मा १६.६१ प्रतिशत वृद्धि भई ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना