२०८३ कार्तिक १२ गते बुधबार

नृत्यले भरिएको ‘ज्याकीः आई एम ट्वान्टी वान’

 |  रासस
Sanket

रासस

काठमाडौँ, बैशाख २५
jackie12

काठमाडौं – गत हप्तादेखि नयाँ चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’ प्रदर्शनरत छ। बनिरहेका चलचित्रको भिडमा यो फरक देखिएको छ। किनकि नृत्यलाई प्रमुख विषय बनाएर यसको कथा भनिएको छ। नृत्य निर्देशनमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल रिनाशा राई राणाले यसको निर्देशन गरेकी हुन्। उनको यो दोस्रो निर्देशकीय चलचित्र हो तर, दर्शकलाई पर्दामा निर्मित पात्रसँग जोड्न नसक्दा यसले नत राम्रो समीक्षा नै पाइरहेको छ नत राम्रो व्यापार नै गर्न सकेको छ।

पात्रहरुले आफ्ना उद्देश्य प्राप्तिका लागि प्रयत्न गर्दा आइपर्ने व्यवधान नै अवरोध हुन्। अवरोध नभएमा पात्रलाई उद्देश्य प्राप्त गर्न सहज हुन्छ। सहजताले दिएको सफलताले अन्यलाई प्रभाव पार्दैन। चलचित्रमा प्रमुख पात्रले आफ्नो उद्देश्य प्राप्तिका लागि खासै अवरोधहरुको सामना गर्दैनन्। तसर्थ उसको उद्देश्य प्राप्ति सजिलै हुन्छ। द्वन्द्व सिर्जनामा चुक्दा दर्शकले पात्रसँगै यात्रा गर्दैनन्।

धराने केटो ज्याकी लिम्बू (धीरज मगर) मै केन्द्रित रहेको चलचित्रमा उनको पहिचान नृत्यले स्थापित गरेको हुन्छ तर, ज्याकीका बुबा छोरालाई लाहुरे बनाउन चाहन्छन्। जेठा दाजु मिलनमार्फत पूरा नभएको सपना ज्याकीमाथि लादिएको छ। एकतर्फ बुबाको चाहना अर्कोतर्फ आफ्नो गन्तव्य। ज्याकी अलमलमा रहँदा नै एउटा घटनाले उनलाई काठमाडौंसम्म ल्याउँछ। ज्याकीझैँ रुबी (जसिता गुरुङ)को पनि सपना नृत्य नै हो। उनलाई आफ्नो भविष्य नृत्यकार भएर बनाउनु छ तर, घरमा आमाबाहेक उनको यो सपनामा साथ दिने कोही छैन। काठमाडौंमा यी दुईको भेट हुन्छ। एउटै गन्तव्य भएकाले सहकार्य गर्छन्। यी दुई पात्रले आफ्नो सपना पुरा गर्ने सन्दर्भमै ‘ज्याकीः आई एम ट्वान्टी वान’को बाँकी कथा प्रस्तुत गरिएको छ।

हिपहप डान्सलाई सुन्दर ढङ्गबाट प्रस्तुत गरिएको छ। सङ्गीतको तालअनुसारका नृत्यका स्टेपको प्रस्तुती आकर्षक देखिन्छ। नृत्यझैँ कथालाई पर्दामा विश्वासिलो ढङ्गमा प्रस्तुत गर्न नसक्दा निर्देशक राईले राम्रो चलचित्र दिन सकेकी छैनन। प्रमुख पात्रले सहजै गन्तव्य तय गर्न थालेपछि दर्शक जोडिँदैनन्। चलचित्रको सङ्गीत र यसमा देखाइएको नृत्यहरू धेरै मात्रामा प्रभावित भएको देखिन्छ। आफ्नो पात्रलाई जीवन्त बनाउन अभिनेता मगर, अभिनेत्री गुरुङसँगै अभिनेता अरुण क्षेत्रीले गरेको मेहनत देखिएता पनि प्रस्तुतीका कारण त्यो महसुश गर्न सकिँदैन। निर्माण समूहले उल्लेखित कलाकारलाई नृत्यको प्रशिक्षण नै दिएर चलचित्र निर्माण गरेको थियो। नेपाली चलचित्रमा आफ्नो पात्र निर्माणमा यस किसिमको मेहनत निकै कम कलाकारले गर्ने गरेकाछन्।

यद्यपि विषय र त्यसको प्रस्तुतीको कारण त्यो फिक्का देखिएको छ। एउटा गीतलाई उत्कृष्ट बनाउन निर्देशक राणाले गर्ने मेहनत चलचित्रमा देखिएको छैन। त्यसैले चलचित्र हेरिरहँदा कहीँकतै नृत्य रियालिटी सो हेरेजस्तो पनि लाग्छ तर, हिपहपका नृत्य रुचाउने, भूमिगत नृत्य गर्ने समूहलाई भने यसले आकर्षण गर्न सक्छ। किनकि चलचित्रमा कथा नभई नृत्य नै नृत्य छ।

प्रकाशित: २०८० बैशाख २५ गते सोमबार ०७:१६
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

पोखरामा सुरु भयो ‘एनसेल लिटरेचर फेस्टिभल’

पोखरा- पोखरामा आजदेखि एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ सुरू भएको छ। बुकवर्म फाउन्डेसनको आयोजनामा हुन लागेको बाह्रौं संस्करणको फेस्टिभल फेवाताल किनारको बाराहीघाट मैदानमा फागुन...

बैशाख २१ गते न्यूयोर्कमा नेपाली म्युजिक एन्ड फिल्म अवार्ड

काठमाडौँ- पहिलो पटक ‘टपसप काठमाडौं ८८४८ हिमालयन म्यूजिक फिल्म अवार्ड यूएसए’ आयोजना हुने भएको छ। मंगलबार एक कार्यक्रमका बीच बैशाख २१ गते अमेरिकाको न्यूयोर्कमा म्यूजिक फिल्म अवार्ड आयोजना...

अभिनेता विजय बराल भन्छन्- हिरो त म श्रीमती र छोराको मात्रै हो

काठमाडौँ- साहित्य, संगीत र अभिनय। कलाका यी आयामबारे पत्रकार तथा लेखक राज सरगमसँग गफिए, लेखक/पत्रकार बसन्त बस्नेत, गायिका अभया सुब्बा र कलाकार विजय बराल। अहिले ब्यान्ड सेलाइरहेको समयमा पनि लामो...

राजमौलीको फिल्मबाट बलिउडमा फर्किँदै प्रियंका, बनाइन् सर्वाधिक पारिश्रमिकको रेकर्ड

एजेन्सी - प्रियंका चोपडा सन् २०२१ मा 'द ह्वाइट टाइगर' फिल्ममा देखियता बलिउडको ठूलो पर्दामा देखा नपरेको वर्षौं भइसक्यो। प्रियंकाले फरहान अख्तरको आगामी फिल्म 'जी ले जरा' बाट बलिउडमा कमब्याक गर्ने...

काठमाडौँ आइपुगिन् मिस युनिभर्स [तस्बिरसहित]

काठमाडौँ- ‘मिस युनिभर्स २०२३’ निकारागुआकी सेनिस पलासियोस नेपाल आएकी छिन्। केहीबेरअघि उनी अन्तर्राष्ट्रिय विमानस्थल अवरण गरेकी हुन्। होटल हायातमा हुने ‘मिस युनिभर्स फाइनल’मा अतिथिको रूपमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना