काठमाडौं- आईसीसी विश्वकप लिग-२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपालले फिल्डिङ रोजेको छ। नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डङ रोजेका हुन्।
खेल क्यानडाको ओन्टेरियोमा सुरु भएको छ। लिग–२ मा नेपालले पहिलो सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलेको थियो। सिरिजमा नेपालले नेदरल्यान्ड्ससँग ९ विकेटको जित हात पारेको थियो। अन्य तीन सिरिज भने नेपालले गुमाएको थियो।
तीनमध्ये दुई हार नामिबियासँग थियो भने नेदरल्यान्ड्सले एक खेलमा जित हात पारेको थियो। नेपाल तालिकाको पुछारबाट दोस्रो स्थानमा छ।
नेपाल र क्यानडाबीच यसअघि तीन एकदिवसीय खेल भएका छन्। तीन वटै खेलमा नेपालले जित हात पारेको छ। क्यानडालाई नेपालले ७ रन, ४ र ९ विकेटले पराजित गरेको गरेको थियो।
क्यानडासँग खेलेपछि नेपालले बुधबार ओमानसँग खेल्नेछ। त्यसको तीन दिनपछि क्यानडा र अन्तिम खेल ओमानसँग खेल हुने तय छ।


