काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले महिला र पुरुष टी–२० विश्वकपको पुरस्कार रकम समान बनाएको छ।
आईसीसीको यो निर्णयलाई ऐतिहासिक हो।
आईसीसीले २०२४ को महिला टी–२० विश्वकपको पुरस्कारका लागि रकम ७९ लाख ५८ हजार ८० अमेरिकी डलर तोकेको छ।
यो अघिल्लो संस्करणको तुलनामा २२५ प्रतिशतले बढी हो।
अब महिला टोलीका विजेताले २३ लाख ४० हजार डलर तथा उपविजेताले ११ लाख ७० हजार डलर पुरस्कार प्राप्त गर्नेछन्।
उक्त रकम पुरुष टोलीले पाउने पुरस्कार बराबर हो।
पुरुष र महिला विश्वकपको पुरस्कार रकम बराबरी गर्ने क्रिकेट पहिलो खेल हो।
२०२४ को महिला टी–२० विश्व कप संयुक्त अरब इमिरेट्समा हुँदैछ।
उक्त विश्वकपमा १० टोलीले २३ खेल खेल्नेछन्।
विश्वकप अक्टोबर ३ बाट शुरू हुनेछ।
उद्घाटन खेलमा बंगलादेशले स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।


