२०८३ कार्तिक १४ गते शुक्रबार

पूर्वगृहमन्त्री खाँण र उनका स्वकीय सचिव पक्राउ

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख २७
balkrishna

काठमाडौं- नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग जोडिएको भन्दै नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँगै उनका स्वकीय सचिव नरेन्द्र केसीलाई प्रहरीले प्रहरीले नियन्त्रणमा लिएको छ।

उनका सहयोगी केसीसहित खाँणलाई बुधबार बिहान उनकै निवास चाबहिलबाट पक्राउ गरिएको काठमाडौं प्रहरीले नियन्त्रणमा दिएको हो।

मैजुबहालको निवासबाट नियन्त्रणमा लिएर उनीहरूलाई अपराध महाशाखा बानेश्वर लगिँदै छ। त्यसपछि उनलाई काठमाडौं प्रहरी परिसर लगिने छ। अब गृहमन्त्री खाँणलाई सोधपुछ पछि घर जान दिने कि नियन्त्रणमा राख्ने भनेबारे प्रहरीले निर्णय गर्ने भएको छ।

यही विषयमा यसअघि हिजो मंगलबारसम्म उक्त प्रकरणमा ११ जनालाई प्रहरीले पक्राउ गरिसकेको प्रहरीले जानकारी दिएको छ। मङ्गलबार नै काठमाडौंको टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको थियो।

नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग जोडिएको भन्दै उनीहरूलाई अनुसन्धानका लागि समातिएको हो। गिरोहले खाँणपत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको अडियो सार्वजनिक भएको थियो।

त्यसअघि प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भन्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पनि पक्राउ गरिसकेको छ।

अडिओबारे प्रहरीले छानबिन गरिरहेको छ। सोही प्रकरणमा जोडिएका पूर्वउपप्रधानमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी वैशाख २० देखि फरार छन्। रायमाझीलाई भने प्रहरीले खोजी गरिरहेको छ।

जिल्ला प्रहरी परिसरले उनीविरुद्ध सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ। उक्त घटनामा हालसम्म एक सय छ जनाले २० जाहेरी दिएका छन्। उनीहरूले कुल रु २३ करोड २५ लाख ठगी भएको भनी प्रहरीमा जाहेरी दिएका छन्।

प्रकाशित: २०८० बैशाख २७ गते बुधबार १०:४८
प्रतिक्रिया

थप समाचार

झन्डै २ किलो सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ

काठमाडौँ- १ किलो ८ सय ग्राम अवैध सुन र १ करोड ४३ लाख नगदसहित ७ जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई काठमाडौँबाट पक्राउ गरेको हो। पक्राउ परेकाहरूको...

बचतकर्ताको खातामा पहुँच पुर्याएर लाखौँ रकमान्तर

काठमाडौं – बैंकको कर्मचारी हुँ भन्दै बचतकर्ताको खातामा पहुँच पुर्याएर एक व्यक्तिले लाखौँ रकम आफ्नो खातामा रकमान्तर गरेका छन्। मोरङका २१ वर्षीय महमद मोजाहिद मियाँले बोनस प्राप्त हुने लोभ...

डकैतीको आरोपमा वडाध्यक्ष विष्ट पक्राउ

सर्खेत – सुर्खेत वीरेन्द्रनगर–३ का वडाअध्यक्ष विनोदसिंह विष्ट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतले चोरीडकैतीको आरोपमा वडाध्यक्षलाई आइतबार पक्राउ गरेको हो। जिल्ला प्रहरी...

ललिता निवास प्रकरणमा चार पूर्वसचिवसहित ४ सयभन्दा धेरैलाई पक्राउ पुर्जी जारी

काठमाडौं – नेपाल प्रहरीले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिनामा संलग्नताको आरोपमा चार पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। प्रहरीले उनीहरुलाई पक्रिन अदालतबाट अनुमति...

एलओडीका अर्का सञ्चालक पनि पक्राउ

काठमाडौं – उमेर नपुगेका व्यक्तिलाई क्लबमा प्रवेश गराएको र यौन कार्यमा संलग्न गराएको समाचार फैलिएपछि काठमाडौं ठमेलस्थित नाइट क्लब एलओडी (लर्डस् अफ ड्रिंक्स) का सञ्चालक रुदिल बल्ल श्रेष्ठ पक्राउ...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना