काठमाडौँ- सरकारले तामझामका साथ संविधान दिवस मनाइरहँदा माइतीघरदेखि बानेश्वरसम्म ‘दलितलाई खै’ भन्दै प्रदर्शन भएको छ।
४४ दिनदेखि ‘दलितलाई खै’ लेखिएको प्लेकार्ड बोकेर माइतीघरमा धर्ना दिँदै आएका अभियन्ता खगेन्द्र सुनारको आह्वानमा युवाहरू प्रदर्शनमा उत्रिएका हुन्।
सुनारले ‘असोज ३ दलितका लागि एक दिन’ अभियान घोषणा गरेका थिए।
प्रदर्शनमा सुनारसहितका युवा नेल लगाएर प्रदर्शनमा सहभागी भएका छन्।
आन्दोलन र सम्भावित झडपलाई मध्यनजर गर्दै माइतीघर क्षेत्रमा ठूलो संख्यमा सुरक्षाकर्मीहरू परिचालन गरिएको छ।


