काठमाडौँ- पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई ४ दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
नेपाली नागरिकलाई पैसा लिएर नक्कली शरणार्थी बनाउने गिरोहमा संलग्न भएको आरोप लागेका पूर्वमन्त्री खाणलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको हो।
खाण बुधबार बिहान पक्राउ परेका थिए। यही प्रकरणमा हालसम्म १२ जना पक्राउ परेका छन्। पक्राउ परेकाहरूविरुद्ध संगठित अपराधको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


