२०८३ कार्तिक १२ गते बुधबार

११ औं कान्तिपुर हाफ म्याराथन जेठ ६ मा हुने

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख २७
kantipur half marathon

काठमाडौं – कान्तिपुर पब्लिकेशन्सको आयोजनामा ११ औं कान्तिपुर हाफ म्याराथन आउ“दो जेठ ६ गते हुने भएको छ। ‘लेट्स गो ग्रिन टुगेदर’ नाराका साथ आयोना गरिएको हाफ म्याराथन जेठको पहिलो साता हुने आयोजकले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको होे।

प्रतियोगितामा यसपालि पहिलो पटक कलेज रन विधा थपिएको छ भने ७ किलोमिटर दुरीमा हुने यस विधामा १८ वर्षमाथिका विद्यार्थीले दौडन पाउनेछन्। यसबाहेक हाफ म्याराथन (२१.१ किमी), कर्पोरेट (५ किमि) र ह्विलचेयर (३ किमि) गरी अन्य विधा यथावत नै रहेको कान्तिपुरका सिईओ महेश स्वाँरले बताए।

उनले भने, ‘विभिन्न देशमा हुने सिटी म्याराथनको अवधारणामा कान्तिपुर म्याराथनले दशक यात्रा पार गर्नु आफैंमा ठूलो उपलब्धि हो।’

हाफ म्याराथन पुरुष र महिला दुवैका विजेताले जनही १ लाख रुपैयाँ पुरस्कार पाउने छन्। दोस्रोले ५० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार, पा“चौंले १० हजार र छैटौं हुने खेलाडीले ५ हजार रुपैया“ पाउने छन्। शारीरिक रूपमा फरक क्षमता हुने ह्विलचेयरतर्फ पहिलो देखि तेस्रो स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार पाउनेछन्।

कलेज रनतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले केएफसीबाट फुड गिफ्ट भौचर पाउनेछन्। कर्पोरेटतर्फ विजेतालाई केएफसी र ह्याम्स अस्पतालको तर्फबाट विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिने छ। सबै विधामा गरि ३ हजारभन्दा बढीले भाग लिने आयोजकको अपेक्षा छ। खेलाडी दर्ताका लागि जेठ १ गतेसम्म समयसीमा रहेको र खेलाडी दर्ता निःशुल्क रहेको जनाइएको छ।

कान्तिपुरको मुख्यालय थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट सुरु हुने कान्तिपुर हाफ म्याराथन माइतीघर मण्डला, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमि, सल्लाघारी चोकबाट फन्को लगाएर कोटेश्वर, तीनकुने, बानेश्वर, मण्डला माइतीघर हु“दै सेन्ट्रल बिजनेस पार्कमै आएर दौड टुंगिने छ।

कर्पोरेट, कलेज रन र ह्विलचेयर रन पनि सेन्ट्रल बिजेनस पार्कबाट सुरु हुनेछ। कर्पोरेट सिभिल हस्पिटल अगाडिबाट फन्को लगाएर सेन्ट्रल बिजनेस पार्कमा आएर टुंगिने छ। ह्विलचेयर रेस माइतीघर मण्डला फन्को लगाएर आउनेछ। कलेज रन तीनकुनेबाट फन्को लगाएर सोही रुटबाट फर्कने एथलेटिक्सका प्रमुख प्रशिक्षक चन्द्र गुरुङले बताएका हुन्।

गत वर्ष पुरुषमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की र महिलामा नेपाल पुलिस क्लबकी राजपुरा पछाईं विजेता भएका थिए।

यि हुन् यो प्रतियोगिताका पूर्वविजेताहरु
वर्ष, विजेता (पुरुष/महिला)
२०६७, अर्जुनकुमार बस्नेत/कान्छीमाया कोजु
२०६८, हरिकुमार रिमाल/बृन्दा श्रेष्ठ
२०६९, कल्याण बानियाँ/कान्छीमाया कोजु
२०७०, अनिश थापामगर/कान्छीमाया कोजु
२०७१, हरिकुमार रिमाल/विश्वरुपा बुढा
२०७२, गोपीचन्द्र पार्की/रेशु बस्नेत
२०७३, हरिकुमार रिमाल/कान्छीमाया कोजु
२०७४/७५, हरिकुमार रिमाल/कान्छीमाया कोजु
२०७६, अनिश थापामगर/विश्वरुपा बुढा
२०७९, गोपीचन्द्र पार्की/राजपुरा पछाई

प्रकाशित: २०८० बैशाख २७ गते बुधबार ०८:३८
प्रतिक्रिया

थप समाचार

एथ्लेटिक्समा ४ दशक अविराम, इन्द्रालाई ‘लाइफटाइम’ सम्मान

पोखरा- नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८०’ मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी इन्द्रा मल्ललाई अर्पण गरिने भएको छ। प्रतिभा छनोट समितिको...

वेस्ट इन्डिजमाथि ६ विकेटले नेपाल विजयी

काठमाडौँ- नेपालले पाँचौं तथा अन्तिम टी–२० खेलमा वेस्ट इन्डिज एमाथि ६ विकेटको जित हात पारेको छ। ५ खेलको सिरिजमा तीन खेल जित्दै वेस्ट इण्डिजले उपाधि हात पारेको छ। शनिबार भएको पाचौँ खेलको १७३...

टी-२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक

काठमाडौँ- आसन्न टी–२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेप सदस्य सचिव...

इटहरी गोल्डकप स्चर्च ब्वाइज सेमिफाईनलमा

धरान- इटहरीमा जारी इटहरी गोल्डकपको क्वाटर फाईनल खेलमा न्युरोड टिम (एनआरटी)लाई २–१ गोलको अन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेड सेमिफाईनलमा प्रवेश गरेको छ। राष्ट्रिय जागृति क्लबको आयोजनामा...

‘प्रशिक्षकबिना खेलकुदको विकास असम्भव’

गण्डकी- गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री महेन्द्रध्वज जिसीले प्रशिक्षक बिना खेलकुदको विकास असम्भव नहुने बताएका छन्। प्रदेश खेलकुद परिषद् गण्डकीको आठौँं बोर्ड बैठकलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना