काठमाडौँ- एकदिवसीय क्रिकेट बरियतामा नेपाल खस्किएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो एकदिवसीय बरियतामा नेपाल एक स्थान तल झर्दै १७औँ स्थानमा पुगेको छ।
यसअघि नेपाल १६औँ स्थानमा रहेको नेपाल क्यानडा र ओमानसँग नराम्रो हार व्यहारेपछि एक स्थान तल झरेको हो।
ओडीआई बरियतामा अमेरिका एक स्थान सुधार गर्दै १६औँ स्थानमा उक्लिएको छ भने क्यानडा चार स्थान सुधार गर्दै १५औँ स्थानमा उक्लिएको छ।
नेपाली क्रिकेटर सन्दीप लामिछानेले भने अलराउन्डर बरियतामा व्यापक सुधार गर्दै ४१औँ स्थानमा उक्किएका छन्। लेग स्पिनर लामिछाने एकै पटक २२ स्थान माथि उक्लिएका हुन्।
एकदिवसीय अलराउन्डर बरियतामा दीपेन्द्रसिंह ऐरी भने ६ स्थान तल झर्दै ४८औँ स्थानमा पुगेका छन्।


