काठमाडौँ– नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ।
बुधबार समूह चरणको अन्तिम खेलमा नेपालले घरेलु टिम भुटानलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो।
खेलको ५६औं मिनेटमा कृष्णबहादुर आलेले र खेलको ८४औँ मिनेटमा सुजल डंगोलले एक गोल गरेका थिए।
यसअघि भुटानले खेलको ४३औं मिनेटमा योन्टेन थारचेनको गोलले अग्रता लिएको थियो।
जितसँगै समूह बीमा उपविजेता हुँदै नेपाल सेमिफाइनलमा पुगेको छ। यो समूहको विजेता पाकिस्तान पनि सेमिफाइनलमा पुगेको छ।
त्यस्तै भुटान भने समूह बीमा तेस्रो हुँदै बाहिरिएको छ।
सेमिफाइनलमा नेपालले भारतको सामना गर्ने छ।
पाकिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ।
सेमिफाइनल खेल शनिबार हुने छ।


