काठमाडौँ- काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा व्यायामशाला बनाउने भएको छ।
‘व्यायाम तथा खेलकुद स्थल सुधार’ गर्न महानगरले १ करोड रुपियाँ विनियोजन गरेको छ।
शहरी योजना महाशाखा अन्तर्गत हाल यसका लागि काम सुरु भएको हो।
महानगरपालिकाको सार्वजनिक निर्माण विभागअन्तर्गत सामाजिक विकास क्षेत्रको खेलकुद कार्यक्रमअन्तर्गत खुलामञ्चलाई मैदान बनाउने काम सुरु भएको छ।
खुलामञ्चमा व्यायामशाला बनाउने योजना बालेनले अघि सारेका हुन्।












तस्बिर : नेपाल फोटो लाइब्रेरी।


