काभ्रे- काभ्रे जिल्ला पनौती नगरपालिका-१२ स्थित रोशी खोलाको किनारमा रहेको भूमेडाँडा बस्ती बाढीले खण्डहर बनेको छ।
अधिकांश घर बगरमा परिणत भएका छन्। बाँकी घर पनि बस्न मिल्ने अवस्थामा छैनन्।
बाढीले खेतबारी, अन्नबाली र घर/स्कुल मात्र होइन, टिपरदेखि डोजरसम्म बगाएर लागेको छ।
अधिकांश स्थानीयको एकै भनाइ छ, ‘बाँच्न त बाँचियो तर सबथोक गुम्यो। अब कसरी उठ्ने थाहा छैन।’
बाढी आएको ६ दिन बितिसक्दा समे राज्यको संयन्त्र राहत लिएर पुगेको छैन।
गत बिहीबारदेखिको परेको अविरल वर्षाका कारण शनिवार रोशी खोलामा आएको भीषण बाढीले पुरै गाउँ नै बगाएको छ।
रोशी खोलामा आएको बाढीले पनौती बजारसम्म असर गरेको छ।
पनौती नगरपालिकाका अनुसार हालसम्म पनौती नगरपालिका क्षेत्र भित्र २० जना व्यक्तिहरू निधन भएको छ।
१००० भन्दा बढी घर पहिरोमा परी क्षतिग्रस्त भएको छन्।
कति सम्पति क्षति भयो भन्ने आँकडा नगरपालिकाले तयार नै गर्न सकेको छैन।








तस्बिर: नेपाल फोटो लाइब्रेरी


