२०८३ कार्तिक ११ गते मङ्गलबार

के एआईले नोबेल पुरस्कार जित्दैछ?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

स्टकहोम, असोज १७
ai_robot

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले बैङ्किङ र वित्तदेखि फिल्म र पत्रकारितासम्मका उद्योगहरूलाई चुनौती दिइरहेको छ।

वैज्ञानिकहरूले एआईले आफ्नो क्षेत्रमा कसरी क्रान्ति ल्याउन सक्छ भनेर अनुसन्धान गरिरहेका छन्। यसले नोबेल पुरस्कार पनि जित्न सक्छ कि भनेर पनि अनुसन्धान जारी छ।

सन् २०२१ मा जापानी वैज्ञानिक हिरोकी किटानोले ‘नोबल ट्युरिङ च्यालेन्ज’को प्रस्ताव गर्दै अनुसन्धानकर्ताहरूलाई सन् २०५० सम्ममा नोबेल पुरस्कारका लागि योग्य अनुसन्धान गर्न सक्षम ‘एआई वैज्ञानिक’ निर्माण गर्न आमन्त्रण गरेका थियो।

केही वैज्ञानिकहरू पहिले नै नोबेलका लागि योग्य एआई सिर्जना गर्न कडा मेहनत गरिरहेका छन्। यस वर्षको नोबेल पुरस्कार विजेताहरू अक्टोबर ७ देखि १४ को बीचमा घोषणा गरिँदैछ।

स्वीडेनको चाल्मर्स युनिभर्सिटीमा मेसिन इन्टेलिजेन्सका प्राध्यापक रोस किङका अनुसार विश्वभर करिब १०० जना ‘रोबोट वैज्ञानिक’ अग्रभागमा छन्।

सन् २००९ मा किङले एक अनुसन्धानपत्र प्रकाशित गर्दै उनी र उनका सहकर्मीहरूको एक समूहले स्वतन्त्र रूपमा वैज्ञानिक खोजहरू गर्ने पहिलो मेसिन ‘रोबोट साइन्टिस्ट एडम’ सार्वजनिक गरेका थिए।

‘हामीले एउटा रोबोट निर्माण गर्‍यौँ जसले आफैंले नयाँ विज्ञान पत्ता लगायो। नयाँ वैज्ञानिक विचारहरू सिर्जना गर्‍यो र तिनीहरूको परीक्षण गर्‍यो र ती सही थिए भन्ने पुष्टि पनि गर्यो‍,’ किङले एएफपीसँग भनेका छन्।

त्यो रोबोट स्वायत्त रूपमा परिकल्पना स्थापित गर्न बनाइएको थियो। त्यसपछि यो परीक्षण गर्ने प्रयोगका लागि बनाइयो। यी प्रयोगशाला रोबोटलाई प्रक्रियागत रूपमा सिक्न र दोहोर्‍याउने प्रयोगका कार्यक्रम निर्माणका लागि थियो।

‘आदम’ लाई खमीरको भित्री कार्यहरू अन्वेषण गर्ने जिम्मा दिइएको थियो र यसले पहिले जीवमा भएको जानकारीमा नआएका ‘जिनको कार्यहरू’ पत्ता लगायो।

रोबोट वैज्ञानिकका निर्माताहरूले आफ्ना प्रस्तुतिमा खोजहरू ‘सामान्य’ भएपनि तिनीहरू ‘तुच्छ’ थिएनन् भन्ने दाबी गरेका थिए। पछि, मलेरिया र अन्य उष्णकटिबन्धीय रोगहरूको लागि औषधीय स्रोतहरूको अध्ययन गर्न ‘इभ’ नामक दोस्रो रोबोट वैज्ञानिकको स्थापना गरिएको थियो।

किङका अनुसार अनुसन्धान र निचोड निकाल्न यसपहिलेका रोबोट वैज्ञानिकहरू नै औसत मानव वैज्ञानिकभन्दा धेरै अगाडि छन्।

‘रोबोट वैज्ञानिक खोजी गर्न कम पैसा लाग्ने हुन्छन्। उनीहरू २४ सै घण्टा काम गर्न सक्छन्’, उनले भने, ‘उनीहरू प्रक्रियाको हरेक विवरण रेकर्ड गर्न पनि बढी लगनशील छन्।’

तर उनीहरू आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नोबेल योग्य वैज्ञानिकको नजिक हुनबाट धेरै टाढा रहेको किङले स्वीकार्छन्। उनले भने, ‘त्यसका लागि तिनीहरू ‘धेरै बुद्धिमान’ हुनुपर्छ र ‘जटिलभन्दा जटिल कुरा बुझ्न’ सक्षम हुनुपर्छ।’

नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीका एसोसिएट प्रोफेसर इन्गा स्ट्रम्केले तत्कालका लागि वैज्ञानिक पेसा सुरक्षित रहेको बताए।

उनले एएफपीसँग भने, ‘वैज्ञानिक परम्परालाई चाँडै नै मेसिनले कब्जामा लिन सक्ने अवस्थामा छैन। यद्यपि, यसको मतलब ‘असम्भव छ’ भन्ने होइन। निश्चित रूपमा एआईको विकास भइरहेको छ।’

यो पहिले नै कसरी प्रयोगमा छ भन्ने एक उदाहरण गुगल डीप-माइन्डद्वारा विकसित एआई मोडेल अल्फाफोल्ड हो। यो उनीहरूको एमिनो एसिडको आधारमा प्रोटिनको त्रिआयामी संरचनाको भविष्यवाणी गर्न प्रयोग गरिन्छ।

‘हामीलाई थाहा थियो कि एमिनो एसिड र प्रोटिनको अन्तिम त्रिआयामी आकारबीच केही सम्बन्ध छ र त्यसपछि हामी यसलाई पत्ता लगाउन मेसिनको सिकाइ प्रयोग गर्न सक्दछौं,’ स्ट्रम्केले भने।

उनले यस्ता गणनाहरूको जटिलता मानिसका लागि असाध्यै गाह्रो भएको बताए। उनले भने, ‘हामीसँग यस्तो उपकरण छ, जसले कुनै पनि मानिसले गर्न नसक्ने काम गरेको छ।’

स्ट्रमकेका अनुसार, एकै समयमा, अल्फाफोल्डको मामलाले हालको एआई मोडेलहरू जस्तै तथाकथित तन्त्रिका नेटवर्कको कमजोरीहरूमध्ये एक पनि प्रदर्शन गर्दछ। ‘तिनीहरू ठूलो मात्रामा जानकारी सङ्कलन गर्न र जवाफको साथ आउनमा धेरै निपुण छन्, तर त्यो उत्तर किन सही छ भनेर व्याख्या गर्न तिनीहरूको ज्ञान धेरै राम्रो छैन,’ उनी भन्छन्।

त्यसैले अल्फाफोल्डले भविष्यवाणी गरेको २० करोडभन्दा बढी प्रोटिन संरचना ‘अत्यन्त उपयोगी’ भए पनि माइक्रोबायोलोजीबारे केही पनि नसिकाउने स्ट्रम्केको भनाइ छ।

स्ट्रम्केका विचारमा विज्ञानले ब्रह्माण्डलाई बुझ्न खोज्छ तर यो केवल ‘सही अनुमान लगाउने’ बारेमा मात्र होइन। तैपनि, अल्फाफोल्डले गरेको अभूतपूर्व कार्यले विज्ञहरूलाई नोबेल पुरस्कारका लागि अग्रपङ्क्तिमा उभ्याएको भने छ।

गुगल डिपमाइन्डका निर्देशक जोन जम्पर र प्रमुख कार्यकारी अधिकृत तथा सहसंस्थापक डेमिस हसाबिस सन् २०२३ मा प्रतिष्ठित लस्कर अवार्डबाट सम्मानित भइसकेका छन्।

सन् २०२४ मा हुने रसायनशास्त्रको नोबेल पुरस्कारका लागि यो जोडीलाई शीर्ष स्थानमा राखिएको एनालिटिक्स समूह क्लेरिभेटले अक्टोबर ९ मा घोषणा गरेको थियो।

अनुसन्धान समूहका प्रमुख डेभिड पेन्डलबरीका अनुसार सन् २०२१ मा जम्पर र हसाबिसको एउटा शोधपत्रलाई हजारौं पटक उद्धृत गरिएको भए तापनि नोबेल जुरीले प्रकाशनपछि यति छिट्टै उक्त कामलाई पुरस्कार दिनु अस्वाभाविक हुनेछ।

एआईद्वारा सहायताप्राप्त अनुसन्धानले प्रतिष्ठित पुरस्कारहरू जित्न धेरै समय लाग्ने छैन भन्ने विश्वास पेन्डलबरीको रहेको छ।

पेन्डलबरीले एएफपीसँग भने, ‘आजकल अधिक आर्टिफिसियल इन्टेलिजेन्सको विकास भइरहेको छ। वैज्ञानिक गणनाका लागि तिनीहरूको अधिक प्रयोग भएको छ। अर्को दशकभित्र नोबेल पुरस्कारहरूका लागि एआइको दाबी रहनेछ भन्नेमा मलाई विश्वास लाग्छ।’

-एएफपी

प्रकाशित: २०८१ असोज १७ गते बिहिबार ०९:२५
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि नेपाल टेलिकमको ५९९ रुपैयाँको प्याकेज, दैनिक ८ जीबी डेटा

नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सार्वजनिक गरेको छ। कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ५९९ रुपैयाँमा...

प्रयोगकर्ताको डेटा दुरुपयोग गरेको आरोपमा मेटालाई २५ अर्ब डलर जरिवाना

यो मेटाविरुद्ध हालसम्म तोकिएको सबैभन्दा ठूलो जरिवाना हो। राज्यका कानुन व्यवसायीका अनुसार मेटाको गलत जानकारी र डेटा व्यवस्थापनसम्बन्धी गतिविधिबाट न्यु मेक्सिकोका करिब २० लाख बासिन्दा प्रभावित...

पीएचपीमा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि नेपालका अधिकांश सरकारी वेबसाइट बन्द

काठमाडौँ: विश्वभर पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण नेपालका अधिकांश सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएको छ। सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र...

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य

दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश कृत्रिम बौद्धिकता (एआई) को सहायताले केही घण्टामै पढ्न सकिएको छ। यसले ऐतिहासिक अभिलेखमा लुकेका रहस्य पत्ता...

१७ करोड खर्चिएर बनाएको मौसमी रडार २ वर्षदेखि बन्द, तीन प्रदेशको पूर्वसूचना प्रणाली प्रभावित

करोडौँ रुपैयाँ खर्चेर स्थापना गरिएको यो प्रविधि लामो समयदेखि बन्द हुँदा त्यसबाट प्राप्त हुनुपर्ने तथ्यांक र सूचनाको उपयोग गर्न सकिएको छैन।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना