२०८३ कार्तिक १७ गते सोमबार

‘नरः दे’मा ‘चोकदे नारायण’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक ३
hadigau

काठमाडौँ- नरःदे (हाँडीगाउँ) मा कहीँ नभएको जात्रा मनाइँदैछ। कोजाग्रत पूर्णिमाका दिन मूर्ति बाहिर निकालेपछि जात्रा औपचारिक रुपमा सुरु हुन्छ। यसको भोलिपल्टदेखि ३ दिनसम्म जात्रा चलाउने चलन छ। आज काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोलले जात्राका सांस्कृतिक एवं सामाजिक क्रियाकलापमा सहभागी भए।

जात्रामा नारायणको भजन गाउँदै खटको गजुर उल्टो पारेर देउतालाई माथि राखेर नगर परिक्रमा गराइन्छ। यससँगै रथलाई उल्टो घुमाउनु, भगवानलाई श्रद्धापूर्वक मैनको फूल चढाउनु जात्राको अर्को विशेषता हो। यस्तै परम्पराका कारण जात्रालाई कहीँ नभएको जात्रा भनिएको हो।

यसरी जात्रा मनाउने परम्परासँग प्रचलित जनश्रुतिमध्ये गर्भवती दिदीबहिनीको कथा प्रख्यात छ। एकपटक गर्भवती दुईजना दिदीबहिनी एकान्त स्थान बसेर कुराकानी गर्दै थिए। दिदीले बहिनीसँग भनिछन्, ‘बच्चा जन्माउन धेरै गाह्रो हुने सुनेकी छु। त्यसैले म त नारायण देवताको सहाराका लागि प्रार्थना गरिरहेकी छु।’ यो कुरा सुनेर बहिनीले भनिछन्, ‘भगवानले आएर बच्चा जन्माइ दिने हो र, म त आफैँ बच्चा जन्माउन सक्छु।’ उनको भनाइमा घमण्ड प्रतीत हुन्थ्यो।

सुतक समय आएपछि दिदीले सजिलै बच्चालाई जन्म दिइन्। बहिनीले १२ महिनासम्म पनि बच्चा जन्माउन सकिनन्। बहिनीले के कति कारणले जन्माउन सकिनन् भनेर जान्नेबुझ्नेसँग देखाउँदा बहिनीले भगवानलाई विश्वास नगरेको, अपमान गरेकाले बच्चा जन्माउन नसकेको बताए। उनीहरुले बच्चाको जन्मका लागि भगवानसँग माफी माग्नु पर्ने सुझाव दिए।

यही सल्लाहअनुसार बहिनीले नारायण भगवानलाई खुसी पार्न संसारमा कहीं नभएको जात्रा गर्ने र कतै नभएको फूल चढाउने भाकल गरिन्। यसपछि उनले सन्तानलाई जन्म दिन सकिन्। सन्तानको जन्म भएपछि, आफूलाई कठिन परेको बेलामा गरेको भाकलअनुसार हरेक बर्ष अन्यत्र कतै नगरिएको शैलीमा खटलाई उल्टो बनाउने, उल्टो खटमाथि नारायणको मूर्ति राखेर घुमाउँदै परिक्रमा गराउन थालिएको विश्वास छ।

जात्राको मौलिक नाम चोकदे नारायण (कहीँ नभएको जात्रा) को जात्रा हो। जात्रामा तीन वटा खट हुन्छन्।

नरःदे (हाँडीगाउँ)
यो ठाउँलाई पूर्वलिच्छवि, वर्मा तथा लिच्छविकालको संस्कृति र सम्पदाको लागि सर्वाधिक प्राचीन स्थानको रुपमा लिने गरिन्छ। इसापूर्व दोस्रो शताब्दीको पुरातात्विक अवशेष र सांस्कृतिक सम्पदा तथा भवनहरुको जग यसै क्षेत्रमा भेटिएका छन्। सत्यनारायण परिसरमा प्राचीन बस्ती र पूर्व लिच्छवि कालका मन्दिरका अवशेष पाइएको छ।

गहना खोज्ने पोखरी, कुमार कार्तिकेय र भीमसेनको मन्दिर, कृष्ण मन्दिर, टुँछें, नासद्यो (थटाल टोल), नासद्यो (कोटाल टोल) र द्योछें (दथुटोलमा) यहाँका प्राचीन पहिचान हुन्। मनमानेश्वरी, सत्यनारायण मन्दिर, भारवीको धारा, अंशुवर्माको वडापत्र रहेको डबली, न्याल्मलोंह र (चौखटको चोक्ट्या नारायणको चोक र कैलाशकुट भवनको चमत्कारी तलाउ यसै क्षेत्रमा पर्छन्।

यस क्षेत्रबाट चल्ने टुँडालदेवीको जात्रा किराँतकालीन र नारायण जात्रा लिच्छविकालीन भएको मानिन्छ।

प्रकाशित: २०८१ कार्तिक ३ गते शनिवार ११:४७
प्रतिक्रिया

थप समाचार

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना