काठमाडौँ- बसन्तपुर दरबार स्क्वायरमा हजार कलाकारले धिमे नृत्य प्रस्तुत गरेका छन्। शनिबार हजार कालकारले धिमे बाजामा नृत्यु प्रस्तुत गरेका हुन्।
विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) कै दिन उक्त नृत्यको प्रस्तुति गर्न लागिएको भएपनि अविरल वर्षाका कारण रोकिएको थियो।
दरबार स्क्वायर पर्यटन प्रवर्द्धन संघ र विभिन्न स्थानीय क्लबहरुको सहकार्यमा आयोजना गरिएको सो कार्यक्रममा परम्परागत नेवारी सांगीतिक प्रस्तुति, नेपाल प्रहरीको ब्यान्ड प्रस्तुति, कुटुम्ब ब्यान्डको प्रस्तुति रहेको थियो। 
















तस्बिर : नेपाल फोटो लाइब्रेरी


