काठमाडौँ- नेपालले साफ च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा फराकिलो जित हासिल गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले श्रीलंकाको पोस्टमा ६ गोल हानेको हो। श्रीलंकाले नेपालको पोस्टमा गोल छिराउन सकेन।
पहिलो हाफमा नेपालले श्रीलंकाविरुद्ध ४-० को अग्रता बनाएको थियो भने दोस्रो हाफमा २ गोल थपेको हो।
नेपालकी रेखा पौडेलले दुई गोल गरिन्। यस्तै, सविता रानामगर र सावित्रा भण्डारीले समान एकएक गोल थपे।
खेलको आठौं मिनेटमा नेपालकी सवित्राको पासमा सविता रानामगरले गोल गरिन्। १२औं मिनेटमा सवित्राले अग्रता दोब्बर गरिन्। एक मिनेट नबित्दै रेखा गोल थपिन्।
२७ औँ मिनेटमा रेखाले नै व्यक्तिगत दोस्रो र टोलीका लागि चौथो गोल गरिन्।
दोस्रो हाफको पहिलो मिनेटमा नै नेपालले गोल थपेको थियो भने इन्ज्युरी टाइममा पनि थप एक गोल गरेको थियो।
यो जितसँगै नेपाल सातौंपल्ट साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। नेपाल सात अंकसहित समूह ‘बी’ को विजेता बनेर सेमिफाइनल पुगेको हो।
समान अंक रहेपनि गोलअन्तरको आधारमा भुटान उपविजेता बनेको छ। भुटानसँग गोलरहित बराबरी खेलको नेपालले माल्दिभ्सलाई ११–० ले पाखा लगाएको थियो। भुटानले सोही टोलीमाथि १३-० को जित निकालेको थियो।
नेपालले अन्तिम ४ मा अर्को समूहको उपविजेता भारतसँग खेल्नेछ। भारतले पहिलो खेलमा पाकिस्तानलाई ५–२ ले हराएपनि बंगलादेशसँग ३–१ ले पराजित भएको थियो।
यस्तै, नेपाल रहेको समूहको उपविजेता बनेको भुटानले भने बंगलादेशसँग खेल्नेछ।
तस्बिरहरू















