२०८३ कार्तिक १२ गते बुधबार

साउदी अरेबियामा फेला पर्‍यो ४ हजार वर्ष पुरानो रहस्यमय सहर

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २५
SAUDI-HERITAGE-HISTORY-KHAYBAR

अहिलेको साउदी अरबको ओएसिसमा ४००० वर्ष पुरानो किल्लाबन्दी गरिएको नगरका विषयमा खोजी चलिरहेको छ। यो खोजले मानिसहरू घुमन्ते जीवनशैलीबाट कसरी रुपान्तरण भए भन्ने कुरालाई प्रकट गरेको पुरात्वविद्हरूले बताएका छन्।

अल-नाताह भनिने सहरका जीर्ण अवशेषका विषयमा खोजी जारी छ। अरबी प्रायद्वीपको उत्तरपश्चिममा मरुभूमि, खैबरको पर्खाल र ओएसिसले ती अवशेषलाई लामो समयसम्म सुरक्षित राख्न मद्दत गरेको अन्वेषकहरूको भनाइ छ।

फ्रान्सेली पुरातत्वविद् गिलौम चार्लुक्सद्वारा यसै वर्ष प्रकाशित एक अनुसन्धान अनुसार उक्त स्थानमा १४.५ किलोमिटर लामो संरचना पत्ता लागेको थियो। ‘बासस्थानको वरिपरि पर्खाल लगाएका व्यवस्थित हुन्छन्’ चार्लुक्सले एएफपीसँग भनेका छन्।

यो एक नयाँ अध्ययन यस वर्षको शुरुवातैमा ‘प्लस वन’ र्जनलमा प्रकाशित छ। फ्रान्सेली साउदी अनुसन्धान टोलीले गरेको उक्त अनुसन्धानको नेतृत्व भने चार्लुक्सले गरेका थिए। ‘यी पर्खालहरु एउटा आवासलाई वरिपरिबाट सुरक्षित र व्यवस्थित गरिएको प्रमाण हो,’ उनले एएफपीसँग भनेका छन्।

करिब ५०० बासिन्दाको घरसहितको विशाल नगर लगभग २४०० इसापूर्व निर्माण गरिएको अनुसन्धानकर्ताले बताएका छन्।

‘लगभग एक हजार वर्षसम्म यसलाई त्यसै छाडिएको थियो। तर कसैलाई पनि यो कुरा थाहा भएन। किन त? चार्लुक्स आफैँसँग प्रश्न गर्छन् र उत्तर पनि दिन्छन्, ‘जब अलनताह बनेको थियो, त्यतिबेला मध्यपूर्वको लभान्ट क्षेत्र (अहिलेको सिरियादेखि जोर्डनसम्म क्षेत्र)को भूमध्य सागरको किनारमा सहरहरू तीव्र विकास भइरहेका थिए।’

उत्तरपश्चिम अरब त्यो समयमा बंजर मरुभूमि भएको विश्वास गरिएको थियो। छरिएर रहेका समाधिस्थलहरुमा पशुपालक र घुमन्ते पुग्दथे।

१५ वर्ष पहिलेको जब पुरातत्वविद्हरुले खैबरको उत्तरतर्फ रहेको तैमाको ओएसिसमा ब्रोन्ज एज (इशापूर्वको ३ हजार वर्षसम्मलाई यो एजका नामले चिनिने भएपनि समयावधिका विषयमा मतैक्यता छैन)पर्खाल पत्ता लगाए।

यो ‘पहिलो र मौलिक खोजले वैज्ञानिकहरुलाई त्यो ओएसिसहरुलाई नजिकबाट हेरिराख्न प्रेरित गरेको चार्लुक्सले बताएका छन्।

मन्त गतिमा शहरीकरण !
बेसाल्ट भनिने कालो चट्टानहरुले अल–नताहका पर्खाललाई यति राम्रोसँग लुकाएर राखेका थिए। ‘यसले अवैध उत्खनन्बाट उक्त स्थललाई जोगाइराखेको थियो,’ चार्लुक्सले भने।

तर माथिबाट अवलोकन गर्दा सम्भावित बाटो र घरहरुको जगहरु देखिए, जसले पुरात्वविद्हरुलाई कहाँ खन्नुपर्ने संकेत गर्यो। उनीहरुले कम्तीमा एक वा दुई तला घरहरु रहेको अनुसन्धानको लागि पर्याप्त आधार पाएका छन्। ‘तर उक्त क्षेत्रबारे थप बुझ्न अरु धेरै गर्न बाँकी नै छ,’ उनले भने।

पुरातत्वविदको प्रारम्भिक निष्कर्षले २.६ हेक्टर क्षेत्रमा नगर फैलिकएको हुन सक्ने आकलन गरेको छ। जुन पहाडमा करिब ५० घरहरु आफ्नै पर्खालहरुले सुसज्जित छन्।

त्यहाँका चिहानमा चक्कू, बञ्चरो जस्ता धातुका हतियार साथै विभिन्न रंगिन बहुमूल्य पत्थरहरु पनि भेटिएका थिए। जसले धेरै समय पहिलेको एक अपेक्षाकृत उन्नत समाजलाई संकेत गर्दछ।

‘भाँडाका ती कलाले ‘सापेक्षिक रुपमा सभ्य समाजलाई लक्षित गर्दछ,’ अध्ययनले भनेको छ। तिनीहरु सेरामिक्सबाट निर्मित अतिआकर्षक छन्।

किल्लाका पर्खाल पाँच मिटर अग्ला छन्। यसले के संकेत गर्दछ कि अल-नताह कुनै प्रकारको शक्तिशाली स्थानीय सत्ताकै केन्द्र थियो।

‘यी खोजहरुले घुमन्ते र घना बसोबास गरिएको गाउँको जीवनको बीचमा संक्रमणको क्रममा मन्त गतिमा शहरीकरणको प्रक्रियालाई प्रकट गर्दछ,’ अध्ययनले भनेको छ।

उदाहरणका लागि मजबुत ओएसिसहरु एक अर्कासँग सम्पर्क हुन सक्छ, जुन क्षेत्र अझै पनि मुख्य रूपमा पशुपालक घुमन्ते समूहहरुकै बसोबास छ। यस्ता आवतजावत ‘धूप मार्ग’को आधारहरु राख्न पनि सक्छ जसले दक्षिणी अरबबाट भूमध्य सागरमा मसला, धूप र पफ्यूम (अत्तर)को व्यापार देखेको थियो। अल-नताह त्यस बखतको समयमा मेसोपोटामिया वा इजिप्टका सहरहरुको तुलनामा अझै सानो थियो।

तर मरुभूमिको यी विशाल विस्तारमा, यस्तो सहर/राज्यहरु भन्दा सहरीकरणतर्फ अर्को बाटो) थियो। ‘र यो धेरै शालीन र शान्त रुपको अरबको उत्तरपश्चिमको विशेष सहर देखिन्थ्थो,’ चार्लुक्सले भनेका छन्।

(एएफपीका साथै प्लस वन र्जनलबाट लिइएको यो सामग्री गोविन्द लुइँटेलले भावानुवाद गरेका हुन्।)

प्रकाशित: २०८१ कार्तिक २५ गते आईतबार ०४:४५
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि नेपाल टेलिकमको ५९९ रुपैयाँको प्याकेज, दैनिक ८ जीबी डेटा

नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सार्वजनिक गरेको छ। कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ५९९ रुपैयाँमा...

प्रयोगकर्ताको डेटा दुरुपयोग गरेको आरोपमा मेटालाई २५ अर्ब डलर जरिवाना

यो मेटाविरुद्ध हालसम्म तोकिएको सबैभन्दा ठूलो जरिवाना हो। राज्यका कानुन व्यवसायीका अनुसार मेटाको गलत जानकारी र डेटा व्यवस्थापनसम्बन्धी गतिविधिबाट न्यु मेक्सिकोका करिब २० लाख बासिन्दा प्रभावित...

पीएचपीमा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि नेपालका अधिकांश सरकारी वेबसाइट बन्द

काठमाडौँ: विश्वभर पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण नेपालका अधिकांश सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएको छ। सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र...

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य

दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश कृत्रिम बौद्धिकता (एआई) को सहायताले केही घण्टामै पढ्न सकिएको छ। यसले ऐतिहासिक अभिलेखमा लुकेका रहस्य पत्ता...

१७ करोड खर्चिएर बनाएको मौसमी रडार २ वर्षदेखि बन्द, तीन प्रदेशको पूर्वसूचना प्रणाली प्रभावित

करोडौँ रुपैयाँ खर्चेर स्थापना गरिएको यो प्रविधि लामो समयदेखि बन्द हुँदा त्यसबाट प्राप्त हुनुपर्ने तथ्यांक र सूचनाको उपयोग गर्न सकिएको छैन।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना