२०८३ कार्तिक १३ गते बिहिबार

मृत्युको मुखबाट निस्किएर फेरि अमेरिकी राष्ट्रपति बने ट्रम्प, कहिले छिर्छन् ह्वाइटहाउस?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २१
bible_trump
अमेरिकाको ४५औँ राष्ट्रपतिमा निर्वाचित भएपछि बाइबल छोएर शपथ ग्रहण गर्दै ट्रम्प (सन् २०१७ जनवरी २० मा)। अमेरिकाको ४७औँ राष्ट्रपतिमा फेरि पनि निर्वाचित भएका ट्रम्पले यसैगरी आगामी जनवरी २० मा शपथ लिनेछन्। फाइल तस्बिर

अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प निर्वाचित भएका छन्। जितका लागि आवश्यक २७० इलेक्टोरल कलेज भोट चाहिने भएपनि नतिजा सार्वजनिक हुने क्रम जारी रहेकै अवस्थामा ट्रम्पले २७९ इलेक्टोरल भोट हासिल गरेर अमेरिकी सत्ता सम्हाल्ने तय गरेका हुन्।

उनी अमेरिकाको ४७औँ राष्ट्रपतिमा निर्वाचित भएका हुन्। ४ वर्षपछि ट्रम्पलाई ह्वाइटहाउसले स्वागत गर्ने तय भएको छ।

एउटा निर्वाचनमा पराजित भएर पुनः चार वर्षपछि सत्तामा फर्कने ट्रम्प एक शताब्दीभन्दा बढी समययताका पहिलो राष्ट्रपति बनेका छन्।

निर्वाचनमा उम्मेदवार बनेसँगै ट्रम्प चर्चामा थिए। ट्रम्पमाथि दुई पटक हत्याको प्रयास गरिएको थियो। पेन्सिल्भेनियामा एक बन्दुकधारीले उनको हत्या गर्ने प्रयास गरेका थिए। उनलाई ताकेर हानिएको गोली उनको कानमा लागेर रगत आएको थियो।

मे महिनामा ट्रम्पमाथि एक जना पोर्न स्टारलाई चुप राख्न उनले रकम दिएको खुलासा भएको थियो। त्यसका लागि उनले कागजपत्रहरू कीर्ते गरेको आरोप पनि लागेको थियो।

ट्रम्पमाथि अहिले पनि गएको राष्ट्रपतीय चुनावमा आफ्नो पराजय उल्ट्याउन गरेको प्रयासका लागि फौजदारी आरोपहरू छन्। तर उनी विजयी भए।

ट्रम्पकी प्रतिद्वन्द्वी कमला ह्यारिसले २१९ इलेक्टोरल भोट पाएकी छन्।

ट्रम्पले अमेरिकाका सातमध्ये ४ स्विङ स्टेट्समा जित हात पारे। जर्जिया, नर्थ क्यारोलाइना, विस्कन्सिन र पेन्सिलभेनियाको नतिजाले उनलाई साथ दिएको हो।

अमेरिकामा ५३८ इलेक्टोरल कलेज भोट हुने व्यवस्था छ। जसको बहुमतका लागि २७० भोट आवश्यक पर्छ। यो सीमा उनले सहजै कटाइसकेका छन्।

जर्जिया र नर्थ क्यारोलाइनमा १६-१६ इलेक्टोरल भोट छन्। पेन्सिलवेनियामा १८ इलेक्टोरल कलेज भोट छन्।

ट्रम्पको जितले विश्व अर्थतन्त्रमा हलचल, सेयरसँगै डलर र बिटक्वाइनको मूल्य बढ्यो

मतदानअघि र पछिका चुनावी ‘एक्जिट पोल’ले कमला डेमोक्रेटिक उम्मेदवार वर्तमान उपराष्ट्रपति कमला ह्यारिस आगामी राष्ट्रपति बन्ने आकलन गरेका थिए। तर नतिजा भने त्यसको उल्टो आएको छ।

दोस्रो पटक ट्रम्प अमेरिकाको राष्ट्रपति चुनिएका हुन्। सन् २०१६ मा उनी डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गर्दै अमेरिकी राष्ट्रपति बनेका थिए। तर सन् २०२० मा डेमोक्रेट उम्मेदवार जो बाइडेनले पराजित गरेका थिए।

यसअघिको शासनकालमा उनले उत्तर कोरियाली शासक किम जोन उनसँग वार्ता गरेका थिए। यो विषय विश्वभरका मिडियाले प्राथमिकताका साथ प्रकाशन तथा प्रसारण गरेका थिए। ट्रम्पको स्वभाव मुढी भएको धेरैले बताउने गरेका छन्।

ट्रम्पले विजेता बनेर बधाई लेनदेन गरिरहेको अवस्था भएपनि अमेरिकी चुनाव आयोग ‘फेडरल इलेक्सन कमिसन’ले उनी राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणित गर्न बाँकी छ। केही राज्यहरूको नतिजा प्राप्त हुने क्रम पनि जारी छ।

निर्वाचित हुनका लागि आवश्यक इलेक्टोरल भोट प्राप्त गरेपनि ट्रम्पले तत्कालै कार्यभार सम्हाल्न भने पाउनेछैनन्। यसका लागि उनले सन् २०२५ सम्मलाई पर्खनुपर्छ। जनवरी २० मा मात्र उनले राष्ट्रपति पदको शपथ लिनेछन्। यसपछि उनको यात्रा ह्वाइटहाउसतर्फ सोझिनेछ।

प्रकाशित: २०८१ कार्तिक २१ गते बुधबार ०७:००
प्रतिक्रिया

थप समाचार

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...

कच्चा तेलको भाउ निरन्तर उकालो यात्रामा, मूल्य बढाउने त्राश

अमेरिकी राष्ट्रपति डोनाल् ट्रम्पले इरानी पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्कीबाट पछि हट्नुभन्दा केही समय अघि शुक्रबार तेल व्यापारीहरूले केवल दुई मिनेटमा कम्तिमा ६० लाख ब्यारेल कच्चा तेल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना