२०८३ कार्तिक १२ गते बुधबार

सांसदहरूलाई बालेनको सुझाव : भ्रष्टलाई सिधै लगेर बागमतीमा चोपल्नुहोस्

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख ३०
balen

काठमाडौँ- काठमाडौँ महानगरपालिकका मेयर बालेन्द्र साह (बालेन)ले भ्रष्टहरूलाई लगेर सिधै बागमतीमा चोपल्न सांसदहरूलाई सुझाव दिएका छन्। शनिबार साँझ फेसबुकमा स्टाटस लेख्दै मेयर बालेनले यस्तो सुझाव दिएका हुन्। आन्दोलन गर्न छोडेर भ्रष्टाचार न्यूनीकरण गर्ने कानुन बनाउन, भ्रष्टलाई कारबाही गर्न उनको सुझाव छ।

‘भ्रस्टाचारविरुद्धको आन्दोलन?‍? को नेता हो थाहा छ? घर कहाँ हो थाहा छ? सिधै लगेर बागमतीमा चोपल्नुस्,’ बालेनले भनेका छन्।

शनिबार भएको भ्रष्टाचारविरुद्धको आन्दोलनमा सांसद नेताहरू सहभागी भएका थिए। रास्वपा सभापतिसमेत रहेका सांसद रवि लामिछाने, नेसपाका अध्यक्षसमेत रहेका सांसद डा बाबुराम भट्टराई, रास्वपा सांसद डा तोषिमा कार्कीलगायतका सांसदहरूले भ्रष्टाचार विरुद्धको आन्दोलनमा सहभागिता जनाएका थिए। जनताले भारी मत दिएर जिताइसकेपछि भ्रष्टलाई सिधै कारबाही गर्नुपर्ने र त्यस्तो नीति बनाउनुपर्ने उनले उल्लेख गरेका छन्।

नयाँ नेताहरूले पनि भ्रष्टाचारीलाई कारबाही गर्ने गरी कानुन बनाउनभन्दा भ्रष्टाचारविरुद्धको आन्दोलनमा सहभागिता जनाउन थालेको भन्दै रोष प्रकट गरेका छन्। आन्दोलन गर्नका लागि मात्र भोट दिएर जनताले नजिताएको उनको भनाइ छ।

‘यस्तो सडक नाटक धेरै देखिसक्यौँ हामीले। पत्याउदिनँ म चाहिँ,’ चुनाव जितेर सांसद बनेका नेताहरूप्रति संकेत गर्दै उनले लेखेका छन्, ‘तपाईँहरुलाई यत्रो भोट दिएर नेता बनाको आन्दोलन गर्नलाई हैन, सिधै कारबाही गर्नलाई हो, सिधै कारबाही गर्ने नीति बनाउनलाई हो।’

मेयरमा निर्वाचित भएलगत्तै पुराना नेताहरूका गतिविधिप्रति असन्तुष्टि जनाउँदै आएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ‘नयाँ नेता’हरू प्रति पनि असन्तुष्टि व्यक्त गर्न थालेका छन्। ११ दिनअघि ‘नयाँ पुराना सबै नेतालाई चोर’को संज्ञा दिएका मेयर बालेन्द्रले शनिबार पनि नयाँ नेता (त्यत्रो भोट दिएर जनताले जिताएका)हरूप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

‘नयाँ , पुरानो सबै नेताहरु चोर हुन्,’ वैशाख १९ गते स्टाटस लेख्दै बालेनले भनेका थिए, ‘कसैलाई देशको माया छैन।’

प्रकाशित: २०८० बैशाख ३० गते शनिवार ११:३६
प्रतिक्रिया

थप समाचार

कामना सेवा विकास बैंकको निष्क्रिय कर्जा घट्यो, वितरणयोग्य नाफा र ईपीएसमा सुधार

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म बैंकको निष्क्रिय कर्जा अनुपात ४.४१ प्रतिशतबाट घटेर ३.९३ प्रतिशतमा झरेको छ।

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ मार्फत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गर्दैछ। एनपीएलका आठ टोलीमध्ये...

कर्नालीका हिमाली जिल्लामा नियमित उडानका लागि संघीय सरकारसँग छलफल गर्दै मुख्यमन्त्री

सुर्खेत: कर्नाली प्रदेश सरकारले हिमाली जिल्लामा नियमित हवाई सेवा सञ्चालन गर्न संघीय सरकारसँग समन्वय अघि बढाएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षमा हवाई सेवा सहुलियतका लागि ६० लाख रुपैयाँ...

सिटिजन्स सुपर ५० को इकाई मंसिर २ देखि बिक्रीमा, न्यूनतम १०० इकाई भर्नुपर्ने

काठमाडौँः सिटिजन्स क्यापिटल लिमिटेडले ‘सिटिजन्स सुपर ५०’ नामक बन्दमुखी म्युचुअल फण्डको इकाई मंसिर २ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन...

एसियन हाइवे र झापाको विकास निर्माणमा सांसदको चासो, सिडिओ कार्यालयमा छलफल

झापा। जिल्लामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित कार्यालय प्रमुखबीच...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना