२०८३ कार्तिक १३ गते बिहिबार

ताजिकिस्तानसँग फुटबलमा भिड्दै नेपाल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २८
SPORTS-NEWS

काठमाडौं- ताजिकिस्तानको डुसान्बेमा घरेलु टोलीविरुद्ध नेपाली राष्ट्रिय फुटबल टिमले आज मैत्रीपूर्ण फुटबल खेल्दै छ। नेपाली समय अनुसार साँझ ५:१५ मा प्रतिस्पर्धा गर्न लागेको हो। फिफा विन्डोजअन्तर्गत हुनलागेको मैत्रीपूर्ण खेल नेपालले १ सय ५५ दिन पछि खेल्न लागेको हो।

१३ देखि १९ नोभेम्बर सम्मको फिफा विन्डोभित्र क्लब फुटबल स्थगित गरेर अन्तर्राष्ट्रिय खेल हुने गर्दछ। युरोपमा नेसन्स लिग तथा दक्षिण अमेरिकामा विश्वकप छनोटका खेलहरु पनि हुँदै छन्।

नेपालले यसअघि फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोटअन्तर्गत साउदी अरेबियामा यमनविरुद्ध २९ जेठ (जुन ११) मा प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा २-२ को बराबरी खेलेयता नेपालले कुनैपनि अन्तर्राष्ट्रिय खेल खेलेको छैन्। विश्वकप छनोटअन्तर्गत समूह ‘एफ’मा रहेको नेपालले समूहको अन्तिम खेलमा यमनविरुद्ध गोलको खडेरी तोडेपनि अघिल्लो चरण पुग्न असफल भएको थियो।

गत सेप्टेम्बरमा फिफा विन्डो रहेपनि अखिल नेपाल फुटबल संघ (एन्फा) ले कुनैपनि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आयोजना गर्न सकेको थिएन्। नेपालले यो खेलका लागि प्रशिक्षकका रुपमा नविन न्यौपानेलाई चयन गरेको छ। इटालियन कोच भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता नवीकरण नगरेको एन्फाले दुई मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टिमका पूर्वखेलाडीलाई अन्तरिम मुख्य प्रशिक्षक बनाएको हो।

ताजिकिस्तानमा नेपालले खेल्ने दुवै विपक्षी टिमहरु नेपालभन्दा बलिया र वरियतामा माथि रहेकाले स्वभाविक रुपमा नेपाल दबाबमा रहने छ। नेपाल फिफा वरियताको १७६ औं स्थानमा रहँदा ताजिकिस्तान १०५ औं र अफगानिस्तान १५१ औं स्थानमा रहेको छ।

नविन न्यौपानेले छोटो तयारी र आफू भन्दा बलियो टिम भएकाले मिहिनेत धेरै गर्नु पर्ने बताए। उनले भने ‘ताजकिस्तान बलियो टिम हो,’ न्यौपानेले डुसान्बेमा खेल अघि आयोजित पत्रकार सम्मेलनमा भने, ‘हामीले ताजकिस्तानसँग तीनपल्ट खेलिसकेका छौं । कडा मिहिनेत गर्दै संगठित रूपमा काउन्टरमा गोलको प्रयास गर्ने छौं। खेलमा १-२ अवसर आउँछ र त्यसलाई उपयोग गर्दै सकारात्मक नतिजा दिनेछौं ।’

ताजीकिस्तानसँग नेपालले यसअघि सन् २०१७ मा एएफसी एसियन कप छनोटका दुइ खेल खेलेको थियो। दुबै खेलमा नेपाल पराजित भएको थियो। २०१७ को सेप्टेम्बर ५ मा भएको खेलमा २-१ को हार भोगेको नेपाल १० सेप्टेम्बर मा भएको खेलमा ३-० ले हारेको थियो। त्यसयता यि दुई टिमबिच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। दोस्रो खेलमा नेपालले १ मंसिरमा अफगानिस्तानसँग खेल्ने कार्यतालिका रहेको छ।

प्रकाशित: २०८१ कार्तिक २८ गते बुधबार ०८:२९
प्रतिक्रिया

थप समाचार

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

मोइन अलीको अर्धशतकसहित काठमाडौँविरुद्ध जनकपुरको सहज जित

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ। जनकपुरले काठमाडौँ गोर्खाजलाई ८ विकेटले हराएको हो। जितका लागि पाएको...

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

एनपीएलले बढायो होटलहरूको कारोबार

काठमाडौँ: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ। यसवर्षको एनपीएलमा नेपाल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना