फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना पराजित भएको छ।
अर्जेन्टिनालाई शुक्रबार बिहान सकिएको खेलमा पाराग्वेले २-१ गोलले पराजित गरेको हो।
अर्जेन्टिनाले अग्रता लिए पनि घरेलु टोली पाराग्वेले दुई गोल फर्काएको हो। ११ मिनेटमा मार्टिनेजको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो। तर पाराग्वेका लागि सानाब्रियसले १९ र एल्डिरेटले ४७ मिनेटमा गोल गरे।
ब्राजिललाई भने भेनेजुएलाले एकएक गोलको बराबरीमा रोक्यो। राफिन्हाले ४३ मिनेटमा ब्राजिलका लागि गोल गरेका थिए। तर भेनेजुएलाका गोभीयाले सेगोभियाले ४६ मिनेटमा बराबरी गोल फर्काए।


