काठमाडौँ- चौधरी ग्रुपअन्तर्गत नेपालमा एलजी उत्पादनका आधिकारिक आयातकर्ता तथा वितरक सिजी इलेकट्रोनिक्सले नानोसेलका नयाँ टीभी बजारमा ल्याएको छ।
४३ इन्च, ५५ इन्च र ६५ इन्चका साइजमा नयाँ एलजी नानोसेल टीभी सार्वजनिक गरेको हो।
एलजीको उन्नत टेलिभिजन मोडेलहरूमा ३२’ देखि ८६’ सम्मका ओएलईडी टिभी, क्युएनईडी टीभी, युएचडी टीभी र स्मार्ट टीभीहरू समावेश छन्। टीभीमा तस्बिरको गुणस्तर खस्कने समस्या नहुने कम्पनीको दाबी छ।
न्यानोपार्टिकल्सले सुस्त टोनहरू फिल्टर गरेर तीक्ष्ण टोनहरूबाट गहिरो, जीवन्त रङहरू प्रदान गर्ने कम्पनीले उल्लेख गरेको छ। चित्रको गुणस्तर प्रभावित नहुने गरी यो टीभीमा हेर्न सकिन्छ।
अत्याधुनिक फोरके नानोसेल अल्फा फाइभ एआई प्रोसेसर जेन सेवेन टेक्नोलोजीमा आधारित यी नानोसेल टिभीमा एआई-संचालित फोरके अपस्केलिङ, एआई ब्राइटनेस कन्ट्रोल र नानो कलरको साथ इमर्सिभ दृश्य अनुभव प्रदान गर्दछ।
एचडीआर टेन, एचएलजी र फिल्ममेकर मोड जस्ता सुविधाहरूले दृश्य अनुभवलाई अझ बढाउँदछ। जबकि एआई साउन्ड प्रो र क्लियर भ्वाइस प्रोले अडियो आउटपुटलाई समृद्ध पार्दछ जसले प्रत्येक ध्वनि विवरण स्पष्ट र शक्तिशाली छ भनेर सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।
टीभीमा वेबओएस २४, एलजी थिनक्यू र अमेजन अलेक्सा, एप्पल एयरप्ले आदि जस्ता लोकप्रिय प्लेटफर्महरू सपोर्ट गर्दछ। गेम अप्टिमाइजर, इन्टेलिजेन्ट भ्वाइस रिकग्निसन र म्याजिक रिमोट जस्ता अतिरिक्त सुविधाहरूका साथ यी टिभीहरूले आधुनिक नेपाली घरपरिवारको विविध आवश्यकताहरू पूरा गर्दछ। एलजी नानोसेल टिभीले वेबओएस रेन्यु प्रोग्राम पनि प्रदान गर्दछ जसले ग्राहकहरूले टिभी खरिद गरेपछि पाँच वर्षसम्म वेबओएस अपग्रेडहरू प्राप्त गर्ने सुनिश्चित गर्दछ।
यसबाहेकका विभिन्न फिचर भएका उक्त टीभी ग्राहकहरूले एलजी शपि स्टोरहरू, सीजी डिजिटल स्टोरहरू, इ–कमर्स साइट र नेपालभरि विस्तृत डिलर नेटवर्क मार्फत खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।


