काठमाडौँ- नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा पक्राउ परेकाहरू थप ४ दिन प्रहरी हिरासतमा नै रहने भएका छन्। काठमाडौँ जिल्ला अदालतले उनीहरूमाथि अनुसन्धान गर्न थप ४ दिनको समय प्रहरीलाई दिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान नसकिएको भन्दै उनीहरुलाई थपका लागि आइतबार दिउँसो अदालतमा उपस्थित गराएको थियो। प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी छन्।
भूटानी शरणार्थी ठगी प्रकरणमा प्रहरीले हालसम्म १२ जनालाई पक्राउ परिसकेका छन्।
यो मुद्दामा पूर्वगृहमन्त्री खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन्। त्यस्तै, बिचौलिया समूहका सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, टंक गुरुङ र सागर राई पनि पक्राउ परेका व्यक्ति हुन्। पैसा आदानप्रदानमा सहयोग गर्ने रामशरण केसी र गोविन्द चौधरी पनि पक्राउ परेका छन्।
पक्राउ पुर्जी जारी भएका अझै केही व्यक्ति फरार रहेको प्रहरीको भनाइ छ। एमाले सचिव टोपबहादुर रायमाझी र इन्द्रजित राईका छोरा निरज हालसम्म पनि फरार छन्। उनीहरू सबैलाई जिल्ला अदालत उपस्थित गराइएको थियो।
पक्राउ परेका हाई प्रोफाइल
पूर्वगृहमन्त्री बालकृष्ण खाड
खाणका पीए नरेन्द्र केसी
नेपाल सरकारका सचिव टेकनारायण पाण्डे
तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षाविज्ञ इन्द्रजित राई
एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी
बिचौलियाहरू: केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल, सागर थुलुङ राई, रामशरण केसी, गोविन्द चौधरी
फरार को को?
एमाले सचिव टोपबहादुर रायमाझी
पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा
डा इन्द्रजित राईका छोरा निरज राई
केशव तुलाधर
हरिभक्त महर्जन
लक्ष्मी महर्जन
कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा
नक्कली शरणार्थी प्रकरण : पक्राउ परेकाहरू कस्तो दिँदैछन् बयान?


