२०८३ कार्तिक ११ गते मङ्गलबार

नक्कली शरणार्थी प्रकरण : पक्राउ परेकाहरू कस्तो दिँदैछन् बयान?

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख २७
nakkali_sharanarthi
नक्कली शरणार्थी मु्दाका अभियुक्तहरू। फाइल तस्बिर

काठमाडौं- नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग जोडिएका उच्च राजनीतिक र प्रशासनिक क्षेत्रका व्यक्ति नै मुछिएको खुल्दै गएको छ। नक्कली शरणार्थी बनाउने गिरोहमा संलग्न बिचौलियाले कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी डा आरजु राणा देउवा र तत्कालीन गृहमन्त्री बालकृष्ण खाणकी पत्नीको नाम लिएको अडियो बाहिरिएको छ। यसका साथै तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलसमेत संलग्न भएको हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान अघि बढाइएको बताउँदै आएको छ।

बुधबार मात्रै पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन प्रहरीले अदालतको अनुमति पाएको छ। बुधबार बिहान पक्राउ परेका खाणलाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएर प्रहरीले ४ दिनको अनुमति लिएको हो। बुधबारै उनका स्वकीय सचिव नरेन्द्र केसीलाई समेत प्रहरीले पक्राउ गरेको थियो।

पक्राउ पर्नुअघि पूर्वगृहमन्त्री खाण ढोकामा चुकुल लगाएर कोठाभित्र लुकेका थिए। तैपनि उनकी प्रहरीको फन्दाबाट बच्न सकेनन्। जिल्ला अदालत काठमाडौंबाट ‘जरुरी पक्राउ पूर्जी’ लिएर जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोली बुधबार बिहान खाणको चाबहिलस्थित निवास पुगेको थियो।

त्यसअघि नै सादा पोसाकमा खटिएको प्रहरी टोलीले खाणका गतिविधिमाथि निगरानी गरेको थियो। पक्राउ पूर्जी जारी हुने सूचना पाएपछि खाण फरार हुनसक्ने सम्भावनाका बीच सादा पोसाकमा प्रहरी टोली खटाइएको थियो।

पक्राउ परेका पूर्वगृहमन्त्री खाण।

खाण माथिल्लो तलामा रहेको कोठाको ढोकामा चुकुल लगाएर बसेका थिए। प्रहरी टोलीले ‘माननीयज्यू! तपाईंसँग कुरा गर्नु छ’ भन्दै ढोका खोल्न आग्रह गरेका थिए। तर लामो समयसम्म पनि खाणले ढोका खोलेका थिएनन्। त्यसपछि प्रहरीले ढोका फोडेरै उनको घरभित्र पसेको थियो।

000

ललितपुर महानगरपालिका वडा नम्बर–२३ का स्थानीय सानु भण्डारी शरणार्थीको नक्कली परिचयपत्र बनाएर अमेरिका पठाउने धन्दामा संलग्न आरोपमा प्रहरी हिरासतमा रहेका एक आरोपित व्यक्ति हुन्। उनकै बयानका आधारमा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेको प्रहरीले बताएको छ। उनले आफ्नो बयान जस्ताको तस्तै नलेखे आत्मदाहको चेतावनी समेत दिएका थिए।

चैत १२ मा पक्राउ परेका भण्डारीले तत्कालीन गृहमन्त्री खाणलाई मन्त्रालयमा गएर पैसा बुझाएको बयान दिएका थिए। त्यसकै लागि अनुसन्धान गर्न खाणलाई अनुसन्धान गर्नका लागि पक्राउ गरिएको काठमाडौँ प्रहरीका एक अधिकारीले बताए।

खाणलाई मात्र होइन, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई पनि मन्त्रालयमा नै पुगेर रकम बुझाएको बयान प्रहरीसँग दिएको बताइएको छ। शरणार्थीको नाममा ठगेको आरोपमा थुनामै रहेका केशव दुलालमार्फत १ करोड २५ लाख रुपैयाँ गृह मन्त्रालयमा लगेर बुझाएको उनले अनुसन्धान अधिकृतहरूलाई बताएका हुन्।

‘मन्त्री खाण र सचिव पाण्डेका लागि एकमुष्ट १ करोड २५ लाख लगेर दिएका थियौँ,’ प्रहरीसँगको बयानमा उनले भनेको भनी दाबी गरिएको छ। अमेरिका पठाउने आश्वासन आफूले ५० जनासँग पैसा उठाएको र घर जग्गा बेचेर गृहमन्त्री र सचिवलाई ‘घुस रकम’ दिएको बयान दिएका छन्।

हिरासतमा नै रहेका तत्कालीन गृहसचिव पाण्डेले पनि खाणको संलग्नताबारे बयान दिएको प्रहरीको भनाइ छ। पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा गृहमन्त्री भएपछि खाणले नै पाण्डेलाई गृह मन्त्रालयमा ल्याएका थिए। तत्कालीन गृहमन्त्री खाणकै निर्देशनमा आफूले काम गरेको बयान दिएको प्रहरी स्रोतको दाबी छ।

पक्राउ पुर्जी जारी भएपछि उनले आफ्नो मोबाइल फर्मेट गरेका थिए। यद्यपि डा इन्द्रजित राईसँग उनले यो विषयमा कुराकानी गरेको देखिएको प्रहरीको भनाइ छ।

‘यो प्रकरणमा अनुसन्धान भइरहेको छ। पक्राउ परेकाहरूसँग बयान लिने काम पनि जारी छ। प्राप्त प्रमाण, पीडित र दलालबीच भएको कुराकानीको अडियो, सानु भण्डारीको बयान र सचिव पाण्डेको बयानमा खाणको नाम जोडिएर आएकाले पक्राउ गरिएको हो,’ प्रहरीले भनेको छ।

यो प्रकरणमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई पनि पक्राउ परेका छन्। डा राईले भने उक्त प्रकर०मा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन्।

प्रहरीसँगको बयानमा डा राईले आफूलाई फसाउनका लागि मात्र षड्यन्त्र गरिएको जिकिर गरेका छन्।

इन्द्रजितको मोबाइल बरामद गरेर प्रहरीले राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाएको छ। ठगीमा संलग्न ललितपुरका सानु भण्डारीको डायरीमा डा. इन्द्रजितले १ करोड ५० लाख लिएको विवरण भेटिएको छ। प्रहरीसँगको बयानमा सानु भण्डारीले डा. इन्द्रजितलाई ५ करोड ५० लिएको दिएको जिकिर गरिदिएका छन्।

000

भूटानी शरणार्थी ठगी प्रकरणमा प्रहरीले हालसम्म १२ जनालाई पक्राउ परिसकेका छन्। बुधबार पूर्वगृहमन्त्री र उनका स्वकीय सचिव पक्राउ परेका हुन् भने मंगलबार काठमाडौं टोखाका रामशरण केसी र झापाका गोविन्द चौधरी पक्राउ परेका थिए।

उनीहरू दुवै पैसा उठाउने बिचौलिया भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिएका छन्। यसअघि यो मुद्दामा नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीप छन्। त्यस्तै, बिचौलिया समूहका सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, टंक गुरुङ र सागर राई पनि पक्राउ परेका व्यक्ति हुन्।

नक्कली शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभन देखाएर रकम असुली गरेको आरोपमा पक्राउ परेका एमाले सचिव टोपमबहादुर रायमाझीका छोरा सन्दीपलाई काठमाडौँ जिल्ला अदालतमा लगिँदै।

पक्राउ पुर्जी भएका अझै नौजना फरार रहेको स्रोत बताउँछ। जसमा एमाले सचिव टोपबहादुर रायमाझी र इन्द्रजित राईका छोरा निरजसमेत छन्। सातजना बिचौलिया समूहसँग मिलेर पैसा उठाउनेहरू छन्। उनीहरूमध्ये केही विदेशमा रहेको प्रहरी स्रोत बताउँछ।

पक्राउ परेका हाई प्रोफाइल
पूर्वगृहमन्त्री बालकृष्ण खाड
खाणका पीए नरेन्द्र केसी
नेपाल सरकारका सचिव टेकनारायण पाण्डे
तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षाविज्ञ इन्द्रजित राई
एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी

बिचौलियाहरू केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल, सागर थुलुङ राई, रामशरण केसी, गोविन्द चौधरी

फरार को को?
एमाले सचिव टोपबहादुर रायमाझी
पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा
डा इन्द्रजित राईका छोरा निरज राई
केशव तुलाधर
हरिभक्त महर्जन
लक्ष्मी महर्जन

शीर्षको छलफल
प्रधानमन्त्री पुष्पकमल दाहालले तीन दलका शीर्ष नेताबीच नक्कली शरणार्थी प्रकरणबारे छलफल नभएको दाबी गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।

पछिल्ला भेटघाटबारे भ्रम फैलिएको बताएका प्रधानमन्त्री दाहालले संसद सञ्चालनका विषयमा छलफल केन्द्रित भएको बताए। संसद संचालन, संयुक्त र विषयगत संसदीय समिति गठनलगायतका विषयमा छलफल केन्द्रित भएको उनको भनाइ थियो।

२०७९ चैत २५ गते सभामुखको कार्यालय सिंहदरवारमा भेट गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ,नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली। तस्बिर: प्रदीपराज वन्त/रासस

‘मिडियाहरुमा आएजस्तो पछिल्ला प्रकरणमा यो छलफल भएको होइन। सदनलाई कसरी प्रभावकारी रूपमा सञ्चालन गर्ने र समितिहरु गठन गर्ने विषयमा बढी छलफल भइरहेको छ,’ उनले भने, ‘जहाँसम्म यो पछिल्लो घटनाबारे छ। दोषी कोही नउम्कियोस् र निर्दोष कोही नपरोस् भन्नेमा हामी एकमत छौं। प्रहरीलाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्छ भन्ने कुरामात्र भएको छ।’

सदन अवरुद्ध
भ्रष्टाचार प्रकरणका विषयमा बोल्नका लागि समय माग गर्दै राप्रपाका सासदहरुले बुधबार संसद् बैठक सुरु भए लगत्तै रोस्टम घेराउ गरेर नाराबाजी गरेका थिए। यसपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरे।

गृहमन्त्री नारायाणकाजी श्रेष्ठले भने यो प्रकरणमा अनुसन्धानमा कुनै कमजोरी नगर्ने भन्दै आएका छन्। उनले प्रहरी प्रमुखलाई समेत यस विषयमा खुट्टा नकमाई अघि बढ्न निर्देशन दिएका छन्।

त्यसपछि सुरु भएको बुधबारकै दोस्रो सत्रको बैठकमा नेपाली कांग्रेसका सांसद गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनको माग गरेका छन्। बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारसँग प्रकरणको अनुसन्धान निष्पक्ष गर्न माग गरेका हुन्।

‘नक्कली भुटानी शरणार्थी प्रकरण यस्तो बेलामा आएको छ, कि सरकारले यसलाई कसरी डिल गर्छ सबैले बाँकी रहेको कुरा निर्धारण गर्छ। अहिलेसम्म जे भएको छ, म सरकारलाई प्रशंसा गर्छु। संलग्न जोसुकै होस्, जुनसुकै दलको होस्, जुनसुकै तह, ओहदाको होस्। कारबाहीको दायरमा ऊ आउनैपर्छ,’ थापाले बैठकमा भने, ‘बजारको हल्लाले अनुसन्धान प्रभावित नहोस्, तर कुनै भेटघाटले पनि प्रभावित नहोस्, कुनै दबाबले प्रभावित नहोस्। अनुसन्धान फ्री र फेयर होस्। निर्दोष कोही पनि नपरोस्, तर दोषी छ भने। नेता होस् कि नाता होस्, एउटा पनि नछुटोस्।’ उनले यो प्रकरणमा सरकारले राम्रोसँग खुट्टा टेक्नसके आगामी दिनमा सुशासनको नारा लगाउन सक्ने पनि बताए।

यसैबीच नेपाली कांग्रेसका युवा नेताहरुले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेरै धन्यवाद दिएका छन्। उनीहरुले उपप्रधान तथा गृममन्त्री श्रेष्ठलाई कार्यकक्षमै भेटेर नक्कली शरणार्थी मुद्दामा अनुसन्धान गरी टुंगोमा पुर्‍याउन खुट्टा नकमाउन आग्रह गरेका हुन्। कांग्रेसका युवा नेताहरु रन्जित कर्ण, गुरुराज घिमिरे, गोबिन्द पोखरेल, भूपेन्द्रजंग शाही, मधु आचार्यलगायत गृहमन्त्रीलाई धन्यवाद दिन पुगेका थिए।

‘यसमा मेरै घरको मान्छे भएपनि नछाड्नुहोला। हामी तन–मन दुवै रुपमा सहयोग गर्न तयार छौं,’ भेटमा सहभागी भएका कर्णले गृहमन्त्रीलाई भनेका थिए।

नेपाली कांग्रेसबाट बल प्रदान गर्न आफूहरु आएको अर्का नेता गुरुराज घिमिरेले भ्रष्टाचारी राज्यबाटै संरक्षित हुन्छन् भन्ने कुरा जनतामा पुगेकाले त्यसलाई गलत सावित गर्न मुद्दामा साथसहयोग प्रदान गर्न आफूहरू मन्त्रालय आएको बताएका थिए।

गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार र कमिसनखोरको नेक्सस तोड्न सरकार दृढतापूर्वक अगाडि बढ्ने विश्वास दिलाएका छन्।

000

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा पक्राउ पुर्जी जारी भएका एमालेका सचिव रायमाझीलाई पार्टीले सबै जिम्मेवारीबाट निलम्बन गरेको छ। मुद्दाको अनुसन्धानमा सहयोग पुगोस् भनेर कारबाही प्रक्रिया टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेपनि उनी हालसम्म फरार छन्। मंगलबार बसेको एमालेको सचिवालय बैठकले टोपबहादुरलाई अनुसन्धानमा सघाउन आग्रह गर्ने निर्णयसमेत गरको थियो।

यता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो निवासमा दलका पदाधिकारीको आकस्मिक बैठक बोलाएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा बैठकमा कुराकानी हुने एक पदाधिकारीले जानकारी दिए।

प्रकाशित: २०८० बैशाख २७ गते बुधबार ०६:५४
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना