२०८३ कार्तिक २३ गते आईतबार

चिलिमेका तीन आयोजनाको १६८ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोडियो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ८
sanjen2

काठमाडौँ-  नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा सुरू भएका तीन वटा जलविद्युतआयोजनाको निर्माण सकिएको छ।

तीनवटा जलविद्युत आयोजना निर्माण सकिएर १६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ।

तीनवटै आयोजनाबाट उत्पादित विद्युत् विद्युत् रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेत स्थित प्राधिकरणले बनाएको २२०/१३२/३३ केभी सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको हो।

१४.८ मेगावाटको माथिल्लो साञ्जेन, ४२.५ मेगावाटको साञ्जेन र १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको निर्माण सकेर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो। यसमध्ये माथिल्लो साञ्जेन गतवर्ष असोजमा निर्माण सकिएर व्यावसायिक विद्युत उत्पादन गरी हालसम्म करिब ३० करोड रूपैयाँको विद्युत् बिक्री गरिसकेको प्राधिकरणले जनाएको छ।

४२.५ मेगावाटको साञ्जेन जलविद्युत आयोजनाको निर्माण सकेर शुक्रबारबाट राष्ट्रिय प्रसारण लाइनमा जोडेर परीक्षणका रूपमा विद्युत उत्पादन सुरु गरिएको छ।

१११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको निर्माण सकिएर हाल परीक्षणका रूपमा विद्युत उत्पादन गरिरहेको छ। परीक्षण उत्पादन सफल भएपछि तथा तोकिएका मापदण्ड पूरा गरेपछि साञ्जेन र रसुवागढीको व्यवसायिक उत्पादन सुरु हुने छ। दुवै आयोजनाबाट मंसिर महिनाभित्रमा व्यवसायिक उत्पादन हुने प्राधिकरणको भनाइ छ। नदी प्रवाहमा आधारित माथिल्लो साञ्जेन, साञ्जेन र रसुवागढी जलविद्युत आयोजनाबाट हिउँद याममा करिब ८० मेगावाट मात्र विद्युत उत्पादन हुनेछ।

चिलिमे जलविद्युत कम्पनीको अनुवाइमा २७० मेगावाटका चारवटा आयोजना सुरू गरिएकोमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी बाहेक तीनवटा आयोजनाहरू सकिएका हुन्।

सबै आयोजनाहरू २०७२ सालको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पुर्‍याएको क्षति लगायत कारण निर्माणमा ढिलाइ भएको प्राधिकरणको भनाइ छ।

त्यस्तै, कमजोर भौगर्भिक अवस्था, मधेस आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या,प्रत्येक वर्षायाममा आयोजना क्षेत्रमा आइरहने ठूलो बाढी, पहुँचमार्गमा निरन्तर गइरहने पहिरो, कोभिड–१९को महामारी, कोभिड–१९पछि चीनसँगको सीमा बन्द हुँदा सामान आयातमा सिर्जित समस्या लगायतको चपेटामा परेका कारण पनि आयोजना प्रभावित भएको उल्लेख छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विभिन्न कारणले जीर्ण बनेका चिलिमेका आयोजनाहरू निरन्तरको प्रयासपछि निर्माण सकिनु ठूलो उपलब्धी भएको बताए।

‘काबु बाहिरको परिस्थितिका कारण आयोजनाको निर्माणमा केही समय लागेता पनि अब तीनवटा आयोजनाको निर्माण सकेर विद्युत् उत्पादन सुरू भएको छ, बढी विद्युत् माग हुने काठमाडौं उपत्यकाबाट नजिकै रहेका आयोजनाहरूले हिउँद याममा विद्युत् प्रणालीलाई सन्तुलन बनाउन सहयोग गर्नेछन्,’, कार्यकारी निर्देशक घिसिङले भने।

भूकम्प, नाकाबन्दी,विदेशीमुद्राको तुलनामा नेपाली मुद्राको अवमूल्यन, निर्माण अवधि लम्बिँदा ऋणको ब्याजदर तथा प्रशासनिक खर्च बढ्दा लागत बढेको प्राधिकरणले जनाएको छ।

माथिल्लो साञ्जेन र सञ्जेन गरी दुवै आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक सात अर्ब ३५ करोड रूपैयाँ थियो।

आयोजनाको प्रवद्र्धक साञ्जेन जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अर्पणबहादुर सिंहले निर्माण अवधिको ब्याजबाहेक लागत ९ अर्ब २० करोड हुने अनुमान गरिएको बताए। उनले आयोजनाको अनुमानित लागत प्रतिमेगावाट साढे २२ करोड रूपैयाँ हुने उल्लेख गरे।

चिलिमेका चार वटै आयोजनामा कर्मचारी सञ्चय कोषले ऋण प्रवाह गरेको हो।

कम्पनीमा चिलिमे जलविद्युत कम्पनीको ३९.३६ प्रतिशत, प्राधिकरणको १०.३६ प्रतिशत, रसुवाका स्थानीयतहको १.२८ प्रतिशत संस्थापक सेयर छ।

कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र कम्पनीका संस्थापक संस्थाहरु (प्राधिकरण, चिलिमे र रसुवा जिल्लाका सम्बन्धित स्थानियतह) का कर्मचारी तथा ऋणदाता संस्था (कर्मचारी संचय कोष) का कर्मचारी, आयोजना प्रभावित रसुवाबासी र सर्वसाधारणको गरी ४९ प्रतिशत साधारण सेयर छ।

माथिल्लो साञ्जेन र साञ्जेनबाट वार्षिक रुपमा एक अर्ब ८० करोड युनिट विद्युत उत्पादन हुने प्राधिकरणले जनाएको छ।

प्रकाशित: २०८१ मङ्सिर ८ गते शनिवार ०५:०६
प्रतिक्रिया

थप समाचार

आज कुकुर तिहार, कुकुरलाई पूजा गरी मीठा परिकार खुवाएर मनाइँदै

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज कुकुर तिहार मनाइँदैछ। कुकुरलाई यमराजको दूत तथा मानिसको विश्वासिलो साथीका रूपमा सम्मान गर्दै आज देशभर पूजा गरेर कुकुर तिहार मनाउन लागिएको हो। हिन्दू...

बैंकिङ ठगीबाट बच्न तिहारमा अपनाउनुपर्ने सावधानी

कारोबार सहज र छिटो भए पनि यही समयमा डिजिटल माध्यमबाट हुने वित्तीय ठगी तथा बैंकिङ कसुरको जोखिम पनि बढ्न सक्छ।

हेटौँडामा तिहारलक्षित मेला, स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड

तिहार सुरु भएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ। यही अवसरमा स्थानीय उद्यमीले उत्पादन गरेका सामग्रीको प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यले मकवानपुरको हेटौँडामा तिहारलक्षित मेला आयोजना...

तिहारमा पैसाको व्यवस्थापन कसरी गर्ने? आम्दानी र खर्च सन्तुलित राख्ने ७ उपाय

विशेषगरी निश्चित आम्दानी भएका कर्मचारी, व्यवसायी, विद्यार्थी तथा गृहिणीले चाडपर्वको समयमा आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुन्छ।

तिहार र छठमा विद्युत आपूर्ति प्रभावित हुन नदिन नेपाल विद्युत प्राधिकरणको विशेष तयारी

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ। उज्यालोको पर्व तिहारमा विद्युत...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना