२०८३ कार्तिक १४ गते शुक्रबार

कास्की अदालतमा के भने रविले?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ९
rabi_lamichhane1

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने थप १५ दिन हिरासतमा नै रहने भएका छन्। कास्की जिल्ला अदालतले उनलाई थप १५ दिन हिरासतमा नै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

जिल्ला न्यायाधीश भीमलाल बेलबासेकाे इजलासले रविलाई थप १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएकाे हाे।

कात्तिक २५ गते थपिएको १३ दिनको म्याद सकिएपछि प्रहरीले उनलाई आइतबार जिल्ला अदालतमा उपस्थित गराएको थियो।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि उनी २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका थिए। उनीमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ।

पोखराको सूर्यदर्शन सहकारीको रकम काठमाडौंस्थित गोर्खा मिडिया प्रालिमा प्रयोग गरेर अपचलन गरेको आरोप लामिछानेमाथि छ। यसै प्रक्रियामा अनुसन्धान गर्न कात्तिक २ गते उनी काठमाडौँबाट पक्राउ परेका हुन्।

पूर्वगृहमन्त्री लामिछानेमाथि पाँचौँ पटक म्याद थपिएको हो। रास्वपाको केन्द्रीय कार्यालयबाट नियन्त्रणमा लिइएका रवि कास्की पुर्‍याइएका थिए। उनीमाथि अनुसन्धानका लागि सुरुमा ६ दिन, त्यसपछि ७ दिन, १० दिन र १३ दिनपछि यसपल्ट १५ दिन म्याद थप गरिएको हो।

आइतबार म्याद थप हुनुअघि सरकारकातर्फबाट जिल्ला सरकारी वकिल कार्यालयकी न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ताद्वय विपिनराज तिवारी र शान्तिदेवी शर्मा, पीडिततर्फका कानुन व्यवसायी युवराज पराजुलीले बहस गरेका थिए।

सरकारी वकिल र पीडिततर्फका कानुन व्यवसायीले अनुसन्धानको प्रक्रिया जारी रहेको, तथ्य प्रमाण बुझ्ने काम बाँकी रहेको, विभिन्न कागजात आइनपुगेकोले रविलाई म्याद थप गरी हिरासतमा नै राख्नपर्ने तर्क गरेका थिए।

लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता नारायण घिमिरे, मेघराज पोखरेल, हरिप्रसाद सुवेदी र अधिवक्ता नारायणदत्त कँडेल र जोशीका तर्फबाट वरिष्ठ अधिवक्ता जगन्नाथ ढकालले बहस गरेका थिए। उनीहरुले प्रमाण बिना नै लामिछानेलाई म्याद थप गर्नुपर्ने कुनै प्रमाण नरहेको दोहोर्‍याएका थिए।

कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलबासेसँग लामिछानेले आफूलाई हिरासतमुक्त गर्न याचना गरेका थिए। लामिछानेले आफूलाई धरौटीमा रिहा गर्न आग्रह गरेका थिए।

तर न्यायाधीश बेलबासेले कास्कीबाट रिहा भए पनि अन्यत्र लैजाने भएकाले कास्की हिरासतमा नै बस्न भनेका थिए।

‘रवि लामिछानेले इजलासमा श्रीमान् म कतै भाग्दिनँ, अदालतलाई सहयोग गर्छु। धरौटीमा छोडिदिनुस् भन्नुभएको थियो,’  लामिछानेलाई उद्धृत गर्दै इजलासमा उपस्थित कानुन व्यवसायीले भने। ‘जवाफमा न्यायाधीशले तपाईंविरूद्ध धेरै ठाउँमा मुद्दा छ, यहाँबाट रिहा गरे पनि अर्को ठाउँमा लगिहाल्छ, तपाईं यहीँ बस्नुस्’ रविलाई न्यायाधीशको जवाफ थियो।

लामिछानेले बुटवलको सुप्रिम र पोखराको सूर्यदर्शन सहकारी संस्थालाई चेक काटेर दिएको समेत भेटिएको विषय सार्वजनिक भएको छ। यसअघि गोर्खा मिडियामा सहकारीबाट आएको रकमका विषयमा ‘थाहा छैन’ भनी बयान दिने गरेका थिए। तर अब उक्त विषय खण्डित हुन सक्ने अनुसन्धानमा संलग्नको भनाइ छ।

रुपन्देही, काठमाडौँ र चितवन जिल्ला अदालतले पनि रविविरुद्ध पक्राउ पुर्जी जारी गरेका छन्। रूपन्देही प्रहरीमा उनको बयान भइसकेको छ। अब उनलाई काठमाडौं ल्याउने तयारी छ।

रविसहित गोर्खा मिडिया नेटवर्क (ग्यालेक्सी टीभी)मा साझेदार रहेका छविलाल जोशीलाई पनि १५ दिन हिरासतमा राख्न अनुमति दिएको छ। यस्तै लीला पछाईं र रामबहादुर खनाललाई पनि १५ दिन हिरासतमा राख्न अदालतको अनुमति छ।

रवि पक्राउ परेलगत्तै सडक आन्दोलनमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीले यतिबेला सडक आन्दोलनका कार्यक्रमलाई स्थगित गरेको छ। रवि हिरासतमुक्त नहुन्जेल सडकमा प्रदर्शन गरिरहने बताएको रास्वपा उपसभापतिद्वय डीपी अर्याल र डा स्वर्णिम वाग्लेको धारणाविपरीत सडक आन्दोलन रोक्ने स्थितिमा पुगेको हो। केन्द्रीय समिति बैठकमा सडक आन्दोलन तताउनु पर्ने पक्ष नै अल्पमतमा परेपछि सडक आन्दोलन रोक्ने निर्णय रास्वपाले लिएको हो।

प्रकाशित: २०८१ मङ्सिर ९ गते आईतबार ०६:४६
प्रतिक्रिया

थप समाचार

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

आईपीओ निष्कासन मागेका ११७ कम्पनीको वर्गीकरण सकियो, स्वीकृति कहिले?

कात्तिक ११ गतेसम्मको विवरणअनुसार ती कम्पनीले ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

वैदेशिक लगानी प्रतिबद्धता ५४ प्रतिशत घट्यो, १६ अर्ब २३ करोड मात्र

काठमाडौँः चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ५४ प्रतिशत घटेको छ। उद्योग विभागका अनुसार साउनदेखि असोजसम्म १६ अर्ब २३ करोड रुपैयाँ...

फूल व्यवसाय बढ्दो, वार्षिक ४ अर्बको कारोबार

काठमाडौं। नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार आर्थिक वर्ष २०८०/०८१ मा १६.६१ प्रतिशत वृद्धि भई ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना