२०८३ कार्तिक १३ गते बिहिबार

एनपीएल ट्रफीमा के छ विशेष? किन राखियो सगरमाथाको ढुंगा?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर १०
NPL_trophy-3

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी सार्वजनिक भएको छ। सिद्धार्थ बैंकको मुख्य प्रायोजन गरेको एनपीएल ट्रफी प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराबाट सार्वजनिक गरेका हुन्।

ट्रफी अनावरणपछि प्रधानमन्त्रीसँगै प्रतियोगतामा सहभागी ८ वटै टोलीका मार्की खेलाडीले ट्रफीलाई धरहराको माथि पुर्‍याइएको थियो।

एनपीएलको ट्रफीको सबैभन्दा माथि एउटा ढुंगा राखिएको छ। ट्रफीमा सगरमाथा बेस क्याम्प कालापत्त्थरको ढुंगा राखिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए। क्यानका सचिव पारस खड्काले प्रस्ट पारेका छन्। नेपालको प्राकृतिक सम्पदाको संरक्षण गर्न ट्रफीमा ढुङ्गा राखिएको उनी बताउँछन् ।

‘एनपीएलको ट्रफीले नेपालको प्राकृतिक सम्पदाको प्रवर्द्धन गर्दै पर्यटनमा सहयोग पुर्‍याउने आशा राखेका छौँ, यसले हाम्रो प्राकृतिक सम्पदाको संरक्षण गर्न झकझक्याउनेछ। साथै, ट्रफीलाई विशेष बनाउन पनि राखिएको हो,’ उनले भने।

सगरमाथा आरोहीद्वय निमा शर्पा र मिङ्मा शेर्पाले एनपीएलको ट्रफीमा राख्नका लागि कालपत्थरबाट ढुंगा ल्याएका थिए। कार्यक्रममा निमा र मिङ्मालाई सम्मान गरिएको थियो।

प्रधानमन्त्री ओलीले नेपाल खेलकुदका लागि एनपीएलको आयोजना महत्त्वपूर्ण भएको भन्दै एनपीएलले खेलकुदमा‌ नयाँ उचाईमा पुर्याउने विश्वास व्यक्त गरे।

क्रिकेट युवा पुस्ताको सपना जोडिएको भन्दै सबैले समग्र खेलकुद विकासका सहयोग पुर्याउनु पर्ने बताए।

प्रधानमन्त्री ओलीले सहभागी ८ टोलीका मार्की खेलाडीहरूको प्रशंसा गरेका थिए। साथै प्रधानमन्त्री ओलीले क्यानलाई महिला एनपीएल आयोजनाको सुझाव दिए।

उनले खेलकुद क्षेत्रमा आफूलाई नै चित नबुझ्ने बजेट विनियोजन हुने गरेको भन्दै सरकारले लगानी बढाउने आश्वासन दिएका थिए।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले एनपीएलको‌ चर्चा राष्ट्रिय मात्र नभइ अन्तर्राष्ट्रिय रुपमा पनि चर्चा पाइरहेको बताए।

मंसिर १५ गतेदेखि सुरू हुने प्रतियोगितामा विराटनगर किङ्स, जनकपुर बोल्टस्, चितवन राइनोज, काठमाडौं गोर्खाज्, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदुरपश्चिम रोयल्स गरी ८ टिमले प्रतिस्पर्धा गर्दैछन्। पहिलोपटक एनपीएल हुन लागेको हो।

ट्रफी सार्वजनिक कार्यक्रमका तस्बिरहरू

प्रकाशित: २०८१ मङ्सिर १० गते सोमबार ०१:२१
प्रतिक्रिया

थप समाचार

आईपीओ निष्कासन मागेका ११७ कम्पनीको वर्गीकरण सकियो, स्वीकृति कहिले?

कात्तिक ११ गतेसम्मको विवरणअनुसार ती कम्पनीले ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

वैदेशिक लगानी प्रतिबद्धता ५४ प्रतिशत घट्यो, १६ अर्ब २३ करोड मात्र

काठमाडौँः चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ५४ प्रतिशत घटेको छ। उद्योग विभागका अनुसार साउनदेखि असोजसम्म १६ अर्ब २३ करोड रुपैयाँ...

फूल व्यवसाय बढ्दो, वार्षिक ४ अर्बको कारोबार

काठमाडौं। नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार आर्थिक वर्ष २०८०/०८१ मा १६.६१ प्रतिशत वृद्धि भई ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष...

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना