काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइनको महसुल नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न पत्रचार गरेका छन्।
यसका साथै सेयर कारोबार र सेयर जारी गर्ने अनुमति पनि रोक्का गर्न घिसिङले सम्बन्धित निकायमा पत्राचार गरेका छन्।
बुधबार घिसिङले नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय र धितोपत्र बोर्डलाई पत्र पठाउँदै ती कम्पनी/उद्योगको कारोबार रोक्का गर्न पत्र पठाएका हुन्।
बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्र पठाइएको छ। यस्तै सेयर रोक्का गर्न कम्पनी रजिष्ट्रारको कार्यालयमा र सेयर जारी गर्न अनुमतिमा रोक लगाउन धितोपत्र बोर्डलाई घिसिङले पत्र पठाएका छन्।
बक्यौता नतिर्ने उद्योगको सूची ती निकायमा पठाइएको छ। सबैभन्दा बढी बक्यौता जगदम्बा स्टिलले १ अर्ब ६० करोड १८ लाख रुपैयाँ तिर्न बाँकी छ।




