काठमाडौँ- सहरी विकास मन्त्रालयको सचिवमा गोपाल सिग्देल नियुक्त भएका छन्।
सचिव मणिराम गेलाल अवकाशमा गएपछि सहरी विकास मन्त्रालयमा सचिव पद रिक्त थियो।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिग्देललाई सहरी विकास मन्त्रालय पठाउने निर्णय गरेको थियो।
सोमबार मन्त्रालयमा कर्मचारीहरुले सचिव सिग्देलको स्वागत गरेलगत्तै उनले कार्यभार सम्हालेका थिए।
उनले यसअघि जल तथा ऊर्जा आयोगमा सचिव थिए।


