भोजपुर- कोशी प्रदेशबाट नेपाल तरुण दलमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरूको भेला भोजपुरमा हुने भएको छ। तरुण दल भोजपुरले पत्रकार सम्मेलन गरी मंसिर २९ र ३० गते भेला हुने जानकारी दिएको हो।
भेलालाई नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङको सम्बोधन गर्नेछन्। उनले संगठनका विषयमा निर्देशन पनि दिने बताइएको छ।
नेपाल तरुण दलको केन्द्रीय कार्यसमितिमा रहेका कोशी प्रदेशका केन्द्रीय सदस्य र १४ वटै जिल्लाका अध्यक्षलाई एकै ठाउँमा जुटाएर संगठनको साझा धारणाका विषयमा छलफल हुने तरुण दल भोजपुरका अध्यक्ष ज्योति पौडेलले जानकारी दिए।
मंसिर २९ गते भोजपुरको सदरमुकाममा तरुण अध्यक्ष गुरुङले छलफल कार्यक्रमको उद्घाटन गर्ने पौडेलको भनाइ छ।
कार्यक्रममा सहभागीहरू मंसिर ३० गते भोजपुर र खोटाङको सिमानामा रहेको पर्यटकीय क्षेत्र टेम्केडाँडाको अवलोकनमा जानेछन्। त्यसपछि कार्यक्रम समापन हुने नेपाल तरुण दल भोजपुरका अध्यक्ष ज्योति पौडेलले जानकारी दिए।


