२०८३ कार्तिक १२ गते बुधबार

काठमाडौँमा डिजिटल अधिकार महोत्सव २०२४ सम्पन्न

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २०
digita_right_summit (4)

काठमाडौँ- डिजिटल अधिकारको सुरक्षा तथा प्रवर्द्धनका रणनीतिहरू विकास गर्ने उद्देश्यका साथ डिजिटल अधिकार महोत्सव, २०२४ सम्पन्न भएको छ। डिसेम्बर १ देखि ३ सम्म काठमाडौँमा सम्पन्न महोत्सवमा डिजिटल अधिकार र सुशासनका महत्त्वपूर्ण मुद्दाहरूलाई छलफलमा विज्ञ, अभियन्ता, र सरोकारवाला सहभागी थिए।

कार्यक्रममा डिजिटल अधिकार सम्मेलन २०२४, डिजिटल अधिकार फिल्म महोत्सव २०२४, अपांगता भएका व्यक्तिहरूका लागि इन्टरनेट गभर्नेन्स र डिजिटल अधिकार विषयक तालिम तथा इन्टरनेट गभर्नेन्स र डिजिटल अधिकार विषयक राष्ट्रिय स्कूल, २०२४ समावेश गरिएको थिए।

महोत्सवमा सहभागी वक्ताहरू तथा अन्य सहभागीहरूले डिजिटल समावेशीकरणको पक्षमा वकालत गर्ने र डिजिटल क्षेत्रलाई सबैका लागि खुला, सुरक्षित, र समावेशी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। महोत्सवमा डिजिटल अधिकार र सुशासनका महत्तवपूर्ण मुद्दाहरूलाई केन्द्रमा राखेर छलफल तथा अन्तरक्रिया भएको थियो।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरको प्रमुख आतिथ्यमा शुरु भएको कार्यक्रममा प्रमुख वक्ताका रूपमा गौरवराज उपाध्याय, डा. मुहम्मद शब्बिर र डा. राधा पौडेलले मन्तव्य राखेका थिए। समापन समारोहमा सर्वोच्च अदालतका न्यायाधीश माननीय हरिप्रसाद फुयाँल प्रमुख आतिथि थिए।

सम्मेलनमा ‘ग्लोबल डिजिटल सम्झौताः नेपालका लागि अवसर र चुनौती’, ‘भ्रामक सूचना र कृत्रिम बौद्धिकताको युगमा अभिव्यक्ति स्वतन्त्रता’, ‘सोसल मिडिया विधेयक २०८१ र यसको प्रभाव’, ‘सूचना प्रविधि र साइबर सुरक्षा विधेयक २०८१’, ‘कृत्रिम बौद्धिकताको प्रयोगद्वारा न्यायमा पहुँच र मानव अधिकारको संरक्षण’, ‘डिजिटल सार्वजनिक पूर्वाधार र डिजिटल अधिकार’, ‘कृत्रिम बौद्धिकताको सुशासनः महिला, बालबालिका, र अपाङ्गताको संरक्षण’, ‘नेतृत्व तालिमः अपाङ्ग व्यक्तिका लागि इन्टरनेट सुशासन र डिजिटल अधिकार’लगायतका विषयमा छलफल गरिएको थियो।

यस्तै सो अवसरमा इन्टरनेट सुशासनको परिचय र नेपालको डिजिटल पारिस्थितिकी पहुँचयोग्य डिजाइनका सिद्धान्तहरू, इन्टरनेट सुशासन नीति निर्माण,द साइबर सुरक्षा र पहुँच चुनौतिहरू,राष्ट्रिय र अन्तर्राष्ट्रिय अपाङ्गता अधिकार महासन्धि, डिजिटल अधिकार र प्रविधिसँग सम्बन्धित दुई वृतचित्र समेत (फिल्म) समेत प्रदर्शन गरिएको थियो।

नेपालमा डिजिटल स्वतन्त्रताको प्रवर्द्धन र संरक्षणका लागि २०२२ मा स्थापना गरिएको डिजिटल फ्रीडम कोलिसनको आयोजना तथा इन्टरनेट गभर्नेन्स इन्स्टिच्युटको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा इन्टरनेट सोसाइटी नेपाल च्याप्टर, फ्रीडम फोरम, डिजिटल मिडिया फाउन्डेशन, मिडिया एक्सन नेपाल, फोरम फर डिजिटल इक्वालिटी, एन्टेना फाउन्डेशन नेपाल, महिलाको अपाङ्गता अधिकार समूह, मिडिया लयर्स एसोसिएसन मुख्य साझेदारका रुपमा तथा नेट फर गुड एलायन्स, मानव अधिकार फिल्म सेन्टर , एआइ फर जस्टिस, रोबोटिक एसोसिएसन अफ नेपाल, एनपीसर्ट, साइबर सुरक्षा तथा अनुसन्धानइन इन्स्टिच्युट एसोसिएट साझेदारका रुपमा रहका थिए। यस्तै युनेस्को नेपाल कार्यालय, कमिसन फोर इन्टरनेशनल कमिसन फोर, राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिकमले कार्यक्रममा सहयोग गरेका थिए।

प्रकाशित: २०८१ मङ्सिर २० गते बिहिबार १२:४५
प्रतिक्रिया

थप समाचार

गहिरिँदो ऊर्जा संकट टार्न एसियामा वार्षिक १० खर्ब डलर लगानी चाहिने

एसियाका लागि भविष्यमा आउन सक्ने संकटलाई टार्न बजारलाई व्यवस्थित गर्न र ऊर्जा सुरक्षालाई सुदृढ पार्न आवश्यक छ। यसका लागि आगामी वर्षहरूमा खर्बौं डलरको लगानी आवश्यक पर्नेछ। किनकि यस क्षेत्रभरि...

विद्युत् व्यापार आशयपत्रको स्वागत गर्दै इप्पानले राख्यो चार माग

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना