काठमाडौँ- कप्तान रोहित पौडेलको उत्कृष्ट प्रदर्शनमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ।
मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले हराएको हो।
रोहितले ब्याटिङमा ८० रन बनाए भने बलिङमा ४ विकेट लिएका थिए।
पहिलो जितपछि लुम्बिनीले पाँचौ खेलमा अंक खाता खोलेको छ।


