कमलादी- काठमाडौँको कमलादीमा भासिएको सडक बनाएर सवारी आवागमनको लागि तयार भएको छ।
बिहीबार बिहानदेखि सडक सञ्चालन गर्ने तयारी महानगरपालिकाको छ।
काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको कार्यालय नजिकै भासिएको सडक असोज १८ मा निर्माण सम्झौता गरी मंसिर १७ मा निर्माण सम्पन्न गर्ने उद्देश्यसहित काम सुरू गरिएको थियो।
आज निर्माण कार्य सकाएर सडक सञ्चालन गर्न मिल्ने अवस्थामा राखिएको छ।








