काठमाडौँ- महिला यू-१९ एसिया कप क्रिकेटमा नेपाल-भारतबीचको खेल रद्द भएको छ।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा वर्षाका कारण खेल रद्द भएको हो।
भारतीय टोलीले टस जितेर पहिले फिल्डिङ गरेको थियो।
नेपाली टोलीले ब्याटिङ गर्दा निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९४ रन जोडेको थियो।
त्यस रनलाई पछ्याउने क्रममा भारतले ३ ओभरमा २८ रन बनाइसकेको थियो। त्यसैबीच वर्षाका कारण खेल रोकिएको थियो।
खेल पुन: सुरू हुन नसकेपछि खेल रद्द भएको घोषणा गरिएको छ।
खेल रद्द भएसँगै भारत र नेपालले समान एक-एक अंक बाँडेका छन्।
समूह ‘ए’ मा रहेको भारत पहिलो र नेपाल दोस्रो स्थानमा छ।
तेस्रो स्थानमा रहेको पाकिस्तानले दुई वटै खेल हारेर समूह चरणबाट बाहिरिएको छ।
सोमबार भएको खेलमा पाकिस्तानले १०५ रनको लक्ष्य दिएको थियो।
त्यसलाई नेपालले १९ ओभरमा चार विकेट क्षतिमा पूरा गरेको थियो।
समूह बी बंगलादेश, श्रीलंका र मलेसिया छन्।
शीर्ष चारमा पुग्ने देशले शीर्ष चारमै पुगेका बाँकी ३ देशसँग खेल्नेछ। त्यसपछि शीर्ष दुई टिमले फाइनल खेल्नेछ।


