एजेन्सी – रुस–युक्रेन युद्ध खतरनाक तहमा पुगेको छ।
युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले मंगलबार रुसको विरुद्धमा नयाँ दाबी गरेका छन्। रुसले आफ्नो उपस्थिति लुकाउन उत्तर कोरियाली सैनिकको अनुहार जलाएको उनले आरोप लगाएका हुन्। जेलेन्स्कीले इन्स्टाग्राममा एउटा भिडियो पनि सेयर गरेका छन्, जसमा दुई शव जलिरहेको देखिन्छ।
युक्रेनी राष्ट्रपतिले ट्वीटरमा ३१ सेकेण्डको भिडियो शेयर गरेका हुन्, जसमा मानिसहरूको एक समूह हिउँले ढाकिएको ठाउँमा शव जलाउँदै गरेको देख्न सकिन्छ र क्याप्सनमा भनिएको छ, ‘यद्धको वर्षौँपछि पनि हामीले सोच्यौँ कि रुस यतिको निन्दनीय छैन, जति हामीले खराब देख्यौँ। यो पागलपन बन्द गर्नुपर्छ।’
रुसले युक्रेनमा आक्रमण गर्न उत्तर कोरियाली सेना पठाएको र ती कोरियाली सेनाको क्षति लुकाउने प्रयास पनि गरिरहेको उनले आरोप लगाए।
किम जोङले रुसको तर्फबाट लड्न १० हजार सैनिक पठाएको अमेरिकाले केही समयअघि दाबी गरेको थियो।


