काठमाडौँ- सीजी इलेक्ट्रोनिक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट १००० वटा एनपीएल टिकट वितरण गरेको छ।
सीजी इलेक्ट्रोनिक्सको उत्पादन खरिद गर्ने ग्राहकहरूमध्ये लक्की ड्रमार्फत १००० जना विजेता छनोट गरिएको कम्पनीले जानकारी दिएको छ।कीर्तिपुरस्थित क्रिकेट स्टेडियममा प्रत्यक्ष खेल हेर्ने अवसर प्राप्त गरेका थिए।
कम्पनीले एलजी, सीजी, टीसीएल, गोदरेज, बेको, सेन्साई, ब्ल्याक एन्ड डेकर, माइडिया, केन्ट, एलिका र क्रम्प्टन जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादन खरिद गर्ने ग्राहकहरूमध्येबाट लक्की विजेता छनोट गरी सबै टिकट वितरण गरेको छ।
‘१००० टिकट वितरण गर्दै ग्राहकहरूसँग एनपीएलको जोश र उत्साह साझा गर्न पाउँदा हामीलाई गर्व छ। हाम्रा ग्राहकहरूको खुशी नै हाम्रो प्राथमिकता हो, र यो अभियानले उनीहरूलाई उत्कृष्ट मूल्य र क्रिकेटको प्रत्यक्ष मज्जा प्रदान गर्ने अवसर दियो,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
सीजी इलेक्ट्रोनिक्सले आगामी दिनमा थप रोमाञ्चक अफरहरू ल्याउने प्रतिबद्धता पनि व्यक्त गरेको छ।


